निलम्बित सिआइबीका डिएसपी अंगुर जिसी भन्छन्, म एसपी साबसँगै सति जान सक्दिनँ

Angur gc

म सबै प्रकारका घटनाको अनुसन्धान गर्न जान्नँ । विषेश प्रकारका घटनामा म आफैँ जान्छु । किनकी मप्रति मेरो संस्थाको पूर्ण विश्वास छ ।

जब कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको सार्वजनिक भयो, त्यसबेला पक्कै पनि सिआइवीले हेर्नुपर्छ भन्ने लागेको थियो । घटना अलिक जटिल देखिएपछि साउन १३ गते सिआइबीको टोली कञ्चनपुर जाने कुरा भयो । कञ्चनपुर जान हाम्रो टोली एयरपोर्ट पुगिसकेको थियो । तर, म आफैँ जानुपर्ने भन्ने भएपछि म हतारहतार प्लेन उढ्नु १५ मिनेट अघि मात्रै एयरपोर्ट पुगे ।

त्यो दिन हामी साँझ अबेर मात्रै पुग्यौं । तैपनि हामीले त्यही दिनदेखि काम थाल्यौं । त्यही दिन घटनास्थल जान चाहेका थियौं । तर, राती भइसकेका कारण हामी जान सकेनौं । त्यसको भोलीपल्टदेखि नै हामीले तीव्र रुपमा अनुसन्धान थाल्यौं ।

अनुसन्धानका विभिन्न पाटाहरु हुन्छन् । हामी भीड होइन, अपराधमा हुने सम्भावनाहरुको खोजी गर्छौ । प्रमाण संकलन गर्छौ । त्यही क्रममा हामीले सयौंसँग भेट गरेका छौं । सोधपुछ गरेका छौं । अनुसन्धानका सबै विधि पूरा गरेका छौं ।

किनकी म लामो समयदेखि अनुसन्धानको काममा सक्रिय रहँदै आएको छु । मैले यसै वर्ष मात्रै राष्ट्रिपति ज्यूबाट पदक पाएको छु । त्यो मेरो मेहेनतको फल हो । त्यही भएर पनि मलाई मेरो संगठनले कञ्चनपुरको घटना अनुसन्धान गर्न पठाएको हो ।

मैले एक महिनासम्म बसेर अनुसन्धान गरेँ । त्यो क्रममा हाम्रो टोलीले सबै विधी अपनाएको छ । घटनास्थलमा पुग्न र सुक्ष्म अध्ययनका लागि हाम्रा साथीबाट कहिले मानवअधिकारर्मी, कहिले पत्रकार, कहिले जग्गा व्यापारी त कहिले अन्य व्यक्ति बनेर पनि रिपोर्ट संकलन गरिएको छ ।

यसरी पुग्यौँ बम दिदिबहिनीको घर
सबै कुराको अनुसन्धान गर्दै गर्दा हामीमा अनेकौं शंका पैदा भयो । घटनाको नजिक पुग्न धेरै प्रयास गर्याै । त्यही क्रममा हाम्रो टोली बबिता बमको घरमा पुग्यौं । किनकी त्यही घरबाट निर्मला हराएकी थिइन् । त्यहीबाट अनुसन्धान गर्ने भनेर हामी लाग्यौं ।

बबितासँग ३ वटा सीमकार्ड थियो । एउटा चाँही पहिले नै डिएक्टीभ भएको पायौं । अहिले पनि दुई वटा चाँही एक्टीभ छ । हामीले बबिताले प्रयोग गरेका सीमबारे खोजी ग¥यौं । उसले को कोसँग सम्पर्क गरेको छ ? केके कुरा भएको छ ? सबै कुराको खोजी गर्नुपर्ने अवस्था पनि थियो । 

बबिताका जीवनसँग जोडिएका कतिपय कुरा पनि अध्ययन गरियो । केही कुरामा शंका पनि देखियो । त्यसलाई गम्भीर अनुसन्धान ग¥यौं । तर, त्यो निर्मलासँग जोडिएको रहेनछ । बबिताको प्रेम सम्बन्ध, भीडले बोले जस्तो नैतिकताका कुरा पनि अध्ययनको विषय थियो । त्यो पनि बाँकी राखेनौं ।

एसपीसँग जोडिएका केही प्रश्न
आन्दोलन भइरहेका बेला सो घटनामा कञ्चनपुरका एसपी डिल्लीराज विष्टको पनि संलग्न छ भन्ने कुरा आयो । झन हामी गम्भीर भयौं । त्यसपछि हामीले सुक्ष्म रुपमा अध्ययन थाल्यौं । यहाँहरुबीच फोन सम्पर्क हुने/नहुने, एसएमएस हुने/नहुने त्यो पनि हे¥यौं । हामीले केही त्यस्तो पाएनौं ।

हाम्रो अध्ययनले केही नपाएपछि उहाँलाई दोशी भन्न सक्ने अवस्था आएन । म एक महिनासम्म कञ्चनपुर बस्दा एसपी डिल्लीराज बिष्टलाई पनि अनुसन्धानकै घेरामा राखेर अध्ययन गरियो । तर, मलाई समेत बिष्टसँग मिलेमतो छ भनेर आरोप लगाइयो ।

म मेरो विभागबाट अधिकार लिएर गएको व्यक्ति हुँ । मैले अनुसन्धान गरेका धेरै घटनामा ठूला व्यक्तिको हातमा हातकडी लागेको छ । निर्मला हत्या प्रकरणमा एसपी बिष्टको संलग्नता भेटिएको भए उहाँलाई हातकडी लगाउने मसँग अधिकार थियो । त्यसैले म उहाँको प्रभावमा परे की वा पैसामा फस्यौं कि भन्ने कुरा भ्रम मात्रै हो । किनकी म उहाँले गल्ति गरेको भए उहाँसँगै सति जान सक्दिनँ थिएँ ।  ।

तपाई ढुक्क हुनुस् कि म यो घटनामा कसैलाई जोगाउने पक्षमा छैन । किनकी एउटी बालिकाको निर्मम तरीकाले हत्या हुन्छ भने म कसरी अपराधीलाई जोगाउने पक्षमा लाग्न सक्छु होला त ?

जबकी एसपी साबलाई नै हातकडी लगाउन सक्ने अधिकार लिएर गएको छु भने म उहाँको प्रलोभनमा पर्ने प्रश्न आउँछ र ? अहिले बजारमा जे कुरा आयो, त्यो दुर्भाग्यपूर्ण छ । यदी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा एसपी साब दोशी देखिए उहाँलाई कारवाही गरिनुपर्छ ।
मैले गरेको अनुसन्धानबाट निर्मला पन्तको बलात्कारपछि हत्या हुनुमा न एसपी साबको हात देखियो, न यहाँको छोरा कै । मेयरको भतिजाको पनि कुनै संलग्नता छैन । मेरो अनुसन्धानले निर्मला पन्तको हत्यामा बबिता बमको पनि संलग्नता छैन ।

अनुसन्धान बाँकी
हामीले अन्य अनुसन्धान गर्न बाँकी छ । घटना हामीले सोचे जस्तो नहुन पनि सक्छ । निर्मलाकी आमा २७ वर्षको हुँदा बाबुले अर्की विहे गर्नु त्यो पनि अनुसन्धानको पाटो बन्नसक्छ ।

आफ्नो अनुसन्धान कुनै पनि हालतमा फेल खाँदैन । फिल्डमा देखिएका घटनाक्रमका आधारमा अनुसन्धान अगाडि बढेको थियो । र, अनुसन्धानका क्रममा फेला परेका प्रमाणका आधारमा सत्यतथ्य छानबिन गरिएको छ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको शरीरबाट लिइएको भेजिनल स्वाबबाट नै घटनाको पुष्टि हुनसक्छ ।

मैले एक महिनासम्म बसेर अनुसन्धान गरेँ । त्यो क्रममा हाम्रो टोलीले सबै विधी अपनाएको छ । घटनास्थलमा पुग्न र सुक्ष्म अध्ययनका लागि हाम्रा साथी कहिले मानवअधिकारर्मी, कहिले पत्रकार, कहिले जग्गा व्यापारी त कहिले अन्य व्यक्ति बनेर पनि रिपोर्ट संकलन गरिएको छ ।

यसकारण दुखी छु
१३ वर्षीय बालिका निर्मलाको बलात्कारपछि हत्या हुनु साह्रै दुःखको कुरा हो । अहिले उनको न्यायका लागि आन्दोलन पनि भइरहेका छन् । आन्दोलनका क्रममा आन्दोलकर्मीहरुले पनि प्रहरीलाई अनुसन्धान गर्न सजिलो बनाइदिनुपर्छ । अनि मात्रै हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ ।

अहिले परिस्थती भिन्न छ । जसले जे भन्यो, त्यही पत्याउने अवस्था छ । तर, वास्तविकता विस्तारै खुल्दै जान्छ । तर, मैले अनुसन्धान गरिरहेकै बेला काठमाडौं फर्किनु पर्दा म दुखित छु । र, म विना कारण निलम्बित हुँदा झनै दुखित छु । किनभने न मैले बलात्कार नै गरेको हो, न हत्या नै । म त अनुसन्धानका लागि खटिएको व्यक्ति हुँ ।

निलम्बनमा परेका  जिसीसँग गरिएको कुराकानीमा आधारित

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...