कोस्टाले सीधै फ्रान्चेस्कोको नजिकैबाट मुखमै थुके !

Juventus star douglas

काठमाडौं । लिग अन्तर्गत आइतबार रातिको खेलमा युभेन्टसले सासुओलोलाई २–१ ले हराउँदै सिजनको लगातार चौथो जित हात पार्यो ।

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो क्लब आएपछि बढेको आशले यो खेलमा मूर्त रुप लियो, तीन खेलमा गोल गर्न नसकेका रोनाल्डोले यो खेलमा दुवै गोल गरे र टिमलाई जिताए ।

तर खेलको इन्जुरी समयको पनि अन्तिम तिरको समय युभेन्टसका लागि लाजको कारण बन्यो र माध्यम बने डुग्लस कोस्टा । उनी इन्जुरी समयको तेस्रो मिनेटमा सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

कोस्टाले क्षणभरका लागि होस गुमाए । सासुओलोका फेडेरिको डी फ्रान्चेस्कोसँगको खराब ट्याकलको क्रममा ब्राजिलियन विङ्गर कोस्टाले होस गुमाए । कोस्टा र फ्रान्चेस्कोबिच हेडबट भयो।

त्यसपछि कोस्टाले सीधै फ्रान्चेस्कोको मुखमा थुके । हेडबटको बेला रेफ्री डानिएले किफी नजिकै थिए । कोस्टाले फ्रान्चेस्कोलाई थुकेको पनि देखे । तर रेफ्री किफीले भिएआरको सहायतामा घटना फेरि हेरेर कोस्टालाई सीधै रातो कार्ड देखाए ।

२८ वर्षका कोस्टामाथि तीन खेल भन्दा बढीको प्रतिबन्ध लाग्ने सम्भावना छ । उनीमाथि विपक्षी खेलाडीको मुखमा थुकेको र खेल भावना विपरित गतिविधि गरेकोमा दोषी रहे नरहेको अनुसन्धान हुनेछ । खेलपछि कोस्टाले आफ्नो व्यवहारप्रति इन्स्टाग्राम मार्फत माफी मागेका छन् ।

कोस्टाको व्यवहारको चौतर्फी आलोचना भइरहेको छ । फ्यान तथा फुटबल पण्डितले कडा आलोचना गरिरहेका छन् ।

युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीसँग खेलपछि स्काई इटालीले कोस्टाको व्यवहार बारे सोधेको थियो । प्रशिक्षक एलेग्रीले कोस्टा इरिटेड भएको हुन सक्ने बताए । जे भए पनि कोस्टाको व्यवहार स्वीकार्य नरहेको उनले स्पष्ट पारेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...