बाबुराम भट्टराईविरुद्ध अमेरिकामा कालो झण्डा प्रदर्शन

Baburam birodh america

काठमाडौं । अमेरिका भ्रमणमा रहेका नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध नेपाली युवाहरुले प्रदर्शन गरेका छन् ।

भट्टाराई एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनीमाथि कालो झण्डा सहित केही युवाले विरोध प्रदर्शन गरेका हुन् ।

डिसी मेट्रो एरियाबाट टेक्सस जाने क्रममा डा भट्टराई र हिसिला यमीको बिरोधमा कालो झण्डा देखाउँदै नेपाली युवाले नाराबाजी समेत गरेका थिए ।

तत्कालिन माओवादी युद्धमा हजारौं नागरिकको मृत्यु भएको भन्दै उनीहरुले डा। भट्टराईविरुद्ध प्रदर्शन गरेको बताएका छन् ।

 तत्कालिन माओवादीका नेताहरुले नेपालीमाथि ठूलो अपराध गरेको उनीहरुको आरोप छ । ‘गो ब्याक’ भन्दै उनीहरुले प्रदर्शन गरेका थिए ।

डा भट्टराई भाद्र २८ गतेदेखि अमेरिका भ्रमणमा छन् । उनी असोज २२ सम्म उनी अमेरिकमा रहनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...