निलम्बित एसपी डिल्लीराज बिष्ट भन्छन्, यो मेरो लागि कोत पर्व नै हो

Dilli raj bist

म जिल्ला प्रहरी कार्यालयको प्रमुख हुँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या हुनु आफैंमा दुःखद कुरा हो । यो एउटा गम्भीर पनि छ । तर, जहाँसम्म यो घटनामा मलाई पनि मुछियो, यो अत्यन्तै दुखद छ ।

हामी साउन लागेयता जिल्लामा भइरहेका आन्दोलनको व्यवस्थापनका लागि लागेका थियौं । नगरपालिकाले गरेको कर वृद्धिको विरोधमा दैनिक नारावाजी भइरहेका थिए । टेक्पो, इरिक्सा, आदीको आन्दोलनका कारण कञ्चनपुर अस्तव्यस्त बनेको थियो । हामी आन्दोलन रोक्ने प्रयासमै लागेका थियौं ।

साउन १० गते पनि हामी नगरपालिकाका प्रमुख ज्यु (सुरेन्द्र बिष्ट)सँग छलफलमै थियो । प्रमुख जिल्ला अधिकारी ज्युँसग पनि छलफलमै थियौं । जतिसक्दो कर वृद्धिको आन्दोलन फिर्ता गराउने वातावरणमा लागेका थियौं । त्यहीबेला साउन १० गते भीमदत्त नगरपालिका–२ खोल्टीकी निर्मला पन्त हराएको कुरा हामीले राती १२ पछि मात्रै थाहा पायौं । त्यसबेला पनि परिवारले हराएको हुँदा हुलियाँसहित खोजतलासका लागि निवेदन दिने तयारी गरिरहेका थिए ।

दिउँसो बबिता बमको घरमा गएर निर्मलाका परिवारले खोजी गरेका रहेछन् । त्यसबेला सामान्य अवस्था नै थियो । जब रातीसम्म निर्मला नआएपछि खोजी हुन थालेको रहेछ । भोलीपल्ट निर्मलाको लास उखुबारीमा भेटियो । त्यतिबेला स्थानीय र प्रहरीसमेत एकैसाथ खोज्दै गर्दा निर्मलाको लास भेटिएको हो । तर, निर्मलाको खोजी गर्न प्रहरीले चासो देखाएन, वास्ता गरेन भनेर पनि भनियो । तर, त्यो होइन ।

निर्मलाको घटना भएपछि प्रहरी प्रमाण नष्ट गर्न खोज्यो भन्नेसम्म पनि कुरा आयो । प्रहरीले निर्मलाको सुरुवाल धोएर निचोर्याे । त्यसले गर्दा पनि प्रमाण नष्ट भयो भनियो । यो गलत हो । एक जना महिला प्रहरीले निर्मलाको गुप्ताङ छोप्न सुरुवालमा भएको हिलो पानीमा चोपेर छोपेको मैले कञ्चनपुर छाडेपछि मात्रै थाहा पाएँ ।

रिस पोख्ने माध्यम
कर वृद्धिको आन्दोलनसँगै निर्मला पन्तको आन्दोलन सुरु भयो । खासगरी ११ गते विहान निर्मलाको लासलाई ट्याक्टरमा राखेर ल्याउन लाग्दा केही व्यक्तिले मेयर सावलाई बोलाउनुपर्ने माग गर्याे । तर, कर वृद्धिको आन्दोलनका क्रममा जुन प्रकारको आन्दोलन भइरहेको थियो, त्यही बेला मेयर साव घटनास्थलमा जानु उपयुक्त थिइन । किनभने आन्दोलनका क्रममा मेयर सावविरुद्ध चर्काचर्का नारा लागेका थिए । देश छोड जस्ता नारा पनि लागेका थिए ।

त्यस्तो अवस्थामा उहाँले घटनास्थल आउनु उपयुक्त पनि थिएन । यहाँले पनि अस्पतालमा आउने र त्यसपछि निर्मलाको घरमा जाने भन्नु भएको थियो । तर, यसलाई नै उचालियो । मलाई लाग्छ, यो मुद्दा राजनीतिक रिस फेर्ने माध्यम पनि बन्यो । सकभर हामी यो केशलाई राजनीतिकरण हुन नदिने पक्षमा थियौं । निर्मलाको बलात्कारपछि हत्या भएपछि राजनीकिरण बन्छ कि भनेर हामी सचेत थियौं । तर दुर्भाग्य, त्यस्तै भयो ।

पोष्ट मार्टम्सपछि निर्मलाको शबलाई बुझ्ने भनेर प्रदेश सांसद प्रकाश रावलसहित बसेर सहमति गरियो । त्यतिबेला १४ गते बिहान निर्मलाको शबलाई सदगद गर्ने सहमति भएको थियो । तर भोलिपल्ट त आन्दोलन नै सुरु भयो । सबै परिवार लास लगेर सदगद गर्ने भन्नमा राजी थिए । तर, भीडले दिएन । उहाँलाई नै धम्क्याइएछ ।

कुनै सम्बन्ध छैन 
मलाई बम दिदीबहिनीसँगको सम्बन्ध जोडेर पनि हेरियो । धरोधर्म मसँग बम परिवारसँग कुनै सम्बन्ध नै छैन । उहाँहरु र मेरो पहाडको जिल्ला सँगै हो । तर, यहाँहरुसँग पहिले मेरो चिनजान पनि थिएन । पछि मात्रै उहाँहरु मेरो जिल्लाबासी भएको थाहा पाएर एकपटक भेट भएको हो ।

तर, अहिले बम दिदिबहिनीसँगको सम्बन्धलाई जोडेर अनेक हल्ला फैलाइएको छ । किन यसरी हल्ला फैलाइयो, मलाई नै थाहा छैन । म यति भन्न सक्छु, उहाँहरुसँग मेरो कुनै सम्बन्ध छैन । एक छैन, दुई छैन, तीन छैन चार छैन ।

अर्काे कोत पर्व
निर्मलाको हत्याको प्रशंगमा अनुसन्धानका विभिन्न पाटाहरु हुन्छन् । हामी करविरुद्धको आन्दोलनमै केन्द्रित थियौं । जब निर्मला पन्तको बलात्कारपछि हत्या भयो, सबैको ध्यान त्यतातिर मोडियो । निरनतरको आन्दोलनका कारण हामीले निर्मला पन्तको हत्याका सबै प्रमाण जुटाउनै पाएनौं । हामीलाई काम गर्नै दिइएन ।

म बढुवाको लाइनमा भएको मान्छे हो । मलाई कुनै घटनामा मुछिनु पनि थिएन र छैन । निर्मलाको घटनापछि सयौंलाई अनुसन्धानको घेरामा राखेका छौं । सयौंको कल डिटेल हेरेका छौं । सोधपुछ पनि गरिएको छ ।

अनुसन्धानका भित्री पाटाहरु पनि हुन्छन् । तर, अनुसन्धानलाई सहज बनाउनुको सट्टा आन्दोलन गरेर समस्या भयो । मैले अनुसनधान नसक्दै मलाई निलम्बन गरियो । प्रधानमन्त्री ज्युले पनि छानविन प्रक्रियालाई सहज बनाउन निलम्बन गरिएको बताउनुभएको छ ।

हामीले पहिले सत्ता कब्जा गर्ने बेला कोत पर्व भएको सुनेकै हो । कोत पर्व कसरी हुँदो रहेछ भन्ने बल्ल थाहा पाएँ मैले । यो घटनामा जसरी मलाई मुछियो, यो एउटा मेरो जागिरे जीवनको लागि कोत पर्व नै हो । मेरो आसा के हो भने अर्काे निष्पक्ष छानविन समिति बन्ने छ । त्यो समितिले सबै अनुसन्धान गर्ने छ र जस्ता निर्दाेश व्यक्तिलाई मुक्ति दिने नै छ ।

कुराकानीमा आधारित

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...