प्रधानमन्त्री भन्छन्, काठमाडौंमा मेलम्चीको पानी र रेल छिट्टै आउँछ

Np ktm 20180915 img 1934

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल सञ्चालन, तुइन विस्थापन, मेलम्चीको पानी काठमाडौँ ल्याउनेजस्ता महत्वपूर्ण कार्य द्रुत गतिमा अघि बढिरहेको बताएका छन् ।

ज्यापु समाज यलले शनिबार आयोजना गरेको ‘रजत जयन्ती’ कार्यक्रममा उनले काठमाडौँबाट छिमेकी मुलुक र काठमाडौँ उपत्यकामा नै रेल सञ्चालनका लागि तयारी भइरहेको बताए ।

‘मेलम्चीको पानी छिट्टै नै काठमाडौँ उपत्यका आइपुग्नेछ, पूराना पाइपका कारण दुई चार महीना बाटो हिलो भएर हैरानी सहनुपर्ने हुनसक्छ,’ उनले भने, ‘त्यो गाली नै सहनका लागि पनि म तयार छु तर चाँडो मेलम्चीको पानी ल्याउनुपर्छ ।’

काठमाडौँ उपत्यकाका फोहोरमैला व्यवस्थापनको नयाँ ढङ्गले काम हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । तीनै जिल्लाका स्थानीय निकायले अहिले ‘डम्पिङ साइट’मा फोहर फालिहेको उल्लेख गर्दै उनले भने, ‘फोहरबाटै ग्यास र मल निकाल्न लाग्नुपर्छ ।’

तुइन विस्थापनको काम धमाधम अघि बढिरहेको उनले बताए । तुइन विस्थापित गर्न सरकारले शुरु गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ११६ वटा तुइन हटाएर त्यस स्थानमा झोलुङ्गे पुल बनेका छन् भने । उनले बाँकी रहेका ४० तुइन हटाउनका लागि झोलुङ्गे पुल निर्माणको काम अघि बढेकोे बताए ।

पाटन सानो शहर भएर पनि ऐतिहासिक र कलाले धनी रहेको प्रधानमन्त्री ओलीले जानकारी गराए । नेपालमा प्राचीन सभ्यता, विज्ञानको विकास र शिक्षाको शुरुवात सबै कुरामा अघि रहेको उनले बताए । उनले भने , ‘बीचमा लामो समयसम्म शासन गर्नेले अन्योलमा राख्नाले हामी नबुझेर बस्न बाध्य भयौँ, अब त्यसको अन्त्य हुन्छ ।’

अर्गानिक खेतीको विकास गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले खाने कुरामा मिसावट भएका कारण नागरिक धेरै खालका रोगबाट सिकार भइरहेकाले त्यसको अन्त्यका लागि पहल गर्ने बताए । उनले भने, ‘पेट भर्नका लागि मात्रै नभएर स्वास्थ रहनका लागि खानुपर्छ ।’

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...