सीआईबीको भूमिकाले अपराधी उम्कँदै, निर्दोष फस्दै

Cib mnr

काठमाडौ‌ । नेपाल प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्युरो (सिआईबी) ले सही अनुसन्धान नगर्दा अपराधी उम्काउन चाहनेलाई नै सहयोग पुगेको छ । सही अनुसन्धान अधिकृत नपर्दा र सीआईबीको टोलीले बेलाबेलामा बाटो बिराउँदा निर्दोष फस्ने र अपराधी उम्कने गर्दै आएका छन् ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा यस्तै भएको छ । सीआईबी टोलीले हचुवाका आधारमा प्रारम्भिक निर्णय दिएको पाइएको छ।

निर्मला हत्या घटनामा सीआईबीका डिएसपी अंगुर जीसी घटनास्थलमा खटिएका थिए ।

साउन १३ गते साँझ उनको टोली घटनास्थल पुग्दा पन्तको शव स्थानीय हस्पिटलमा पोस्टमार्टमका लागि पुर्‍याइसकेको थियो । जीसीको टोलीले घटनास्थल अवलोकन गर्‍यो । त्यहाँ केही फेला पारेन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेर प्रारम्भिक अनुसन्धानको फाइल हेर्‍यो ।

घटना भएको तीन दिनसम्म शवको भेजिनल स्वाब (महिलाको गुप्तांगमा पुरुषको शुक्रकिट, र्‍याल र रौं छ–छैन पत्ता लगाउने विधि) झिकेको छ वा छैन भनेर सोधे । झिकिएको थिएन । पन्तको कपडा खोजे । कपडा आफन्तलाई दिइसकिएको बताइयो ।

भेजिनल स्वाबको परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाउँदा शुक्रकिट फेला परेको जानकारी आयो । अभियुक्त खोज्दै जाँदा र सुत्र परिचालन गर्दा दिलिपसिंह विष्टमाथि शंकाको दृष्टिले हेरियो । वरपर बुझ्दा विष्टको कार्यशैली उत्छृङ्खल रहेको र उनैले निर्मलाको बलात्कारपछि हत्या गरेको हुन सक्ने निष्कर्षमा जीसी र जिल्ला प्रहरी कार्यालयको टोली पुग्यो ।

त्यसपछि पन्तका बाबु यज्ञराजलाई पनि विष्टकै विरुद्धमा किटानी जाहेरी ल्याउन दबाब दिइयो । जाहेरीपछि जबर्जस्ती करणी र कर्तव्य ज्यानमुद्दा अदालतमा दर्ता गर्न जीसीकै टोलीले कञ्चनपुर प्रहरीलाई सुझायो । तर विष्टको डीएनए परीक्षण गर्दा पन्तको डीएनएसँग मेल नखाएपछि सीआईबी टोलीको कार्यशैलीप्रति गम्भीर आशंका उत्पन्न भयो ।

प्रहरी महानिरीक्षकको प्रत्यक्ष मातहतमा रहने सीआईबीको यो कार्यले अहिले प्रहरी छविमाथि नै प्रश्न खडा गरेको छ । निर्मला हत्याको अनुसन्धान मात्रै होइन, सीआईबीकै अर्को ‘अपरेसन’ पनि विवादबाट मुक्त हुन सकेन ।

काठमाडौंको शान्तिनगरमा अघिल्लो वर्ष नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गोली हानी हत्या भयो । डीआईजी गणेश केसीको नेतृत्वमा छानबिन समिति गठन भयो ।

तर सीआईबीले समितिलाई ‘टेकओभर’ गरेर एकाएक समीरमान सिंह बस्नेतलाई पक्राउ गरी काठमाडौं ल्यायो। भारतमा बसेर नेपाली व्यवसायीलाई धम्याएर पैसा असुली गर्दै आएका बस्नेतलाई सीआईबी टोलीले पक्राउ गर्दा उनीबाट एउटा मोबाइल समेत बरामद नहुनुले घटना शंकास्पद मात्रै बनेन, सीआईबीमाथि ‘अपराधी संरक्षण’ गरेको आरोप लाग्यो ।

अरु त अरु भैरहवा नाका हुँदै काठमाडौं ल्याइएका बस्नेतलाई सीआईबीको टोलीले चितवनमा पाँच दिनसम्म राखेर केरकार गरी काठमाडौं ल्याएको रहस्य खुल्यो। संगठनभित्रैका सदस्यहरू सीआईबीको यो कार्यबाट सन्तुष्ट बनेनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...