निर्मला हत्याको अनुसन्धान लम्ब्याउँदै गए जनताले विर्सन्छन् भन्ने नियत त होईनः चित्रबहादुर केसी

Kc

 

भीमदत्तनगर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्षीया बालिका निर्मला हत्या प्रकरणका दोषीलाई तत्काल कारबाही गर्नुपर्ने बताएका छन् ।

कतिपयलाई अनुसन्धान लम्ब्याउँदै गए जनताले घटना विर्सन्छन् र अपराधी लुकाउन सकिन्छ भन्ने नियतले काम गरेको उनले आशंका गरे ।

अनेरास्ववियु (छैठौँ)को दशौँ जिल्ला अधिवेशनको शुक्रबार महेनद्रनगरमा उद्घाटन गर्दै उनले निर्मला प्रकरण सरकारको अग्नि परीक्षा भएको बताए । उनले भने, ‘बलात्कारी र हत्यारालाई अहिलेसम्म सरकारले पक्राउ गर्न नसक्नु ज्यादै दुःखद विषय हो।’

अध्यक्ष केसीले अनुसन्धान लम्ब्याउने र जनताले घटना बिर्सदै जान्छन् भन्ने सोच त राज्यको छैन भन्ने प्रश्न गर्दै भने, ‘अपराधी लुकाउने षड्यन्त्र भए निर्मला मारिएका/मारियै हुन्छन्, त्यसैले अपराधीले उन्मुक्ति पाउनु हुँदैन।’

फरक प्रसङ्गमा उनले आर्थिक, सामाजिक र भौतिक कारणले पनि मुलुकले सङ्घीयता धान्न नसक्ने बताउँदै समृद्धि, राष्ट्रिय सद्भाव र एकताका लागि पनि मुलुकमा सङ्घीयता आवश्यक नभएको धारणा व्यक्त गरे।

अखिल(छैठौं) का जिल्ला संयोजक महेश भट्टको अध्यक्षता र केन्द्रीय सदस्य भीमराज जोशीको सञ्चालनमा भएको कार्यक्रममा राजमो केनद्रीय सदस्य मनोज भट्ट, तराई मधेस जनबादी मोर्चाका महासचिव राजाराम चौधरी, अखिल(छैठौं) का केन्द्रीय सचिव महेश जोशी राजमो जिल्ला सचिव राम बहादुर कार्की, जातीय समता समाजका महासचिव गोबिन्द बिक, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव प्रसान्त थापा, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य लक्ष्मी रिजाज लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...