सरकारको ६ महिने अवधिमा शान्ति सुरक्षा सबैभन्दा राम्रो छ : गृहमन्त्री

Home minister badal 630x378

काठमाडौं । शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सरकारको ६ महिने कार्यकाल सफल भएको गृहमन्त्री रामबहादुर थापा बादलले दाबी गरेका छन् ।

कांग्रेस सांसद सञ्जय गौतमले संसदको शुक्रबारको बैठकमा सरकारको ६ महिना लाजमर्दो कालखण्ड भएन र भन्ने प्रश्न गरेका थिए । तर, गृहमन्त्री बादलले त्यसको खण्डन गरे ।

शान्ति सुरक्षा र अपराध नियन्त्रणका हिसाबले ६ महिने कार्यकाल राम्रो भएको दाबी गरे । उनले भने, ‘सरकारको निश्कर्ष छ महिनाको कालखण्डमा शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रण छ महिनामा सबैभन्दा राम्रो भएको छ ।’

गुण्डागर्दी निस्तेज, तस्करका सञ्जाल ध्वस्त पार्ने, भ्रष्टाचारीलाई कारबाही गर्ने काम भएको भन्दै गृहमन्त्री बादलले भने, ‘यो ६ महिनामा जति हत्या, बलात्कारका घटना भएका छन्, यो भन्दा अगाडिका कार्यकालमा बढी भएको छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...