कबड्डीको ट्रफी ख्वप र वागीश्वरीलाई

Kabaddi khel

भक्तपुर । छात्रछात्रा कबड्डी प्रतियोगिता छात्रातर्फ ख्वप र छात्रतर्फ वागीश्वरी मावि प्रथम भएका छन् ।

सो प्रतियोगिता छात्रातर्फ फाइनलमा ख्वप माविले आयोजक वागीश्वरी माविलाई २६ का विरुद्ध ५१ अंक जोड्दै प्रथम भएको छ । छात्रतर्फको फाइनलमा आयोजक वागीश्वरी मावि (भक्तपुर) ले सकेरेट हर्ट मावि (काठमाडौं) लाई २४ का विरुद्ध ५० अंक जोड्दै प्रथम भयो ।

वागीश्वरी मावि च्याम्हासिंहको हिरक जयन्तीको उपलक्ष्यमा आयोजित आमन्त्रण छात्रछात्रा कबड्डी प्रतियोगितामा काठमाडौं, भक्तपुर र काभ्रेका १० वटा विद्यालयको सहभागिता थियो ।

छात्रातर्फ तृतीय स्थानमा ख्वप्रिङ ई. एकेडेमी (भक्तपुर) र कन्या मन्दिर मावि (काठमाडौं) भए भने छात्रतर्फ तृतीय ख्वप मावि र बेलोर मावि (काभ्रे) भएका थिए । छात्रतर्फ उत्कृष्ट रेडर सविन बोहजू (वागीश्वरी), उत्कृष्ट डिफेन्डर राजेन्द्र तामाङ (वागीश्वरी) घोषित भएका थिए भने छात्रातर्फ उत्कृष्ट रेडर यशोधा गिरी (ख्वप) र उत्कृष्ट डिफेन्डर मनिषा भैल (ख्वप) घोषित भए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका छात्रछात्रालाई ३ नं प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले विजयी क्रमशः ७–७ हजार, ५–५ हजार र ३–३ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरे ।

सो अवसरमा उनले खेल मित्र, अनुशासन र देशभक्तिले युक्त हुनुपर्नेमा जोड दिए । सरकारले खेल र खेलाडीहरुलाई उचित स्थान नदिंदा देशमा खेलकुदको प्रगति हुन नसकेको चर्चा गर्दै उनले समाजवादी देशहरुमा खेल र खेलाडीको उचित सम्मान हुने गरेको जानकारी गराए ।

सो प्रतियोगिताको समापन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्व, अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापति, प्राचार्य कृष्णप्रसाद धन्छा र सहप्राचार्य ज्ञानसागर प्रजापति लगायतले ले कबड्डी खेलको महत्वमाथि प्रकाश पारे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...