यूईएफए नेशन्स कपमा फ्रान्सको विजयी सुरुवात

Francenetherlands13

काठमाडौं । विश्व विजेता फ्रान्सले यूईएफए नेशन्स कपमा विजयीको सुरुवात गरेको छ ।

नेदरल्याण्ड्सविरुद्ध २–१ को जित निकालेको हो । फ्रान्सको जितमा युवा स्टार किलियन एमबाप्पे र ओलिभिएर जिरुडले एक एक गोल गरे ।

नेदरल्याण्डका लागि रायन बाबेलले गोल गरे पनि हार टार्न पर्याप्त भएन् । १४औं मिनेटको युवा स्टार किलियन एम्बाप्पेले ब्लेस माटुइडीको पासमा गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० ले पछि परेको नेदरल्याण्ड्सले ६७ औं मिनेटमा बारबरी गोल गरेको थियो । रायन बाबेलले गोल गर्दै खेललाई बराबरीमा ल्याए पछि फ्रान्स दबाबमा आएको थियो ।

तर, खेलको ७५ औं मिनेटमा ओलिभिएर जिरुडले गोल गर्दै फ्रान्सलाई २–१ को अवस्थामा पुर्याए । विश्वकपमा गोल गर्न असफल जिरुडले बेन्जामिन मेन्डीको पासमा गोल गरे पछि खेलमा फ्रान्स हावी भएको हो ।

प्रतिकृया दिनुहोस