साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र माल्दिभ्स आमनेसामने

Nepali football teem

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल र माल्दिभ्स आमनेसामने हुने भएका छन् ।

बुधबार हुने पहिलो सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । सोही दिन हुने अर्को खेलमा भारतले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

सन् २०१३ पछि नेपाल पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको थियो । नेपालको यो चौथो पटकको सेमिफाइनल यात्रा हो । यसअघि नेपाल १९९९, २०११ र २०१३ मा अन्तिम चारमा पुगेको नेपाल अहिलेसम्म च्याम्पियन बन्न सकेको छैन ।

१९९३ को सार्क गोल्डकपको तेस्रो भए पनि त्यति बेला चार राष्ट्रले मात्र भाग लिएका थिए । सार्कसहित नेपालको यो १२ औं सस्करण हो ।

आइतबार भएको समूह बीको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई २–० गोलले पराजित गरेपछि नेपालले माल्दिभ्स प्रतिद्वन्द्वी पाएको हो । भारतले दुई खेलमध्ये दुवैमा जित हात पार्दै ६ अंक जोड्यो । माल्दिभ्स र श्रीलंकाको समान एकएक अंक भए पनि माल्दिभ्सले गोल अन्तरका आधारमा अन्तिम चारमा स्थान बनाएको हो ।

प्रतिकृया दिनुहोस