कांग्रेसको प्रतिवेदनले राजनीतिक गन्ध दिन्छ

Rajendra panday kanchanpur

पछिल्लो पटक निर्मला पन्तको हत्या र बलात्कारमा पनि भीमदत्त नगरपालिकाका मेयर नगर प्रमुख सुरेन्द्र विष्टको नाम जोडिएको छ । विष्टका भतिजाको निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफुलाई जोडिएकोमा असन्तुष्टी जनाउँदै आएका छन् । प्रस्तुत छ, निर्मला पन्तको हत्या प्रकरण, त्यसमा नगरपालिकाको भूमिका, नगर लक्षित आन्दोलन र नगरको समग्र विकास लगायतका विषयमा भीमदत्त नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयसँग निशान न्युजका लागि पत्रकार होम योगीले गरेको कुराकानी ।

निर्मला पन्त हत्या काण्डमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन नगरपालिकाले के गरिरहेको छ ?
हामीले यो घटना भएदेखि यसमा संलग्नलाई कारवाहीका माग गर्दै आएका छौं । यसमा संलग्नलाई पत्ता लगाई कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई सहयोग गर्न पटक पटक माग गर्दै आएका छौं । नगर कार्यपालिका बैठकबाट पीडित परिवारलाई सहयोग गर्ने निर्णय पनि गरिएको छ । राजधानी गएर गृहमन्त्रीलाई यस घट्नाको छानबिन गरी दोषीलाई कारवाहीका लागि ज्ञापन पत्र बुझाइएको छ । प्रहरी दोषी पत्ता लगाई कानुनअनुसार कारवाही हुनुपर्छ । हत्यारालाई कारवाहीको दायरामा ल्याउन नगरपालिकाबाट हुने सबै सहयोग गर्न तयार छौं ।

निर्मला पन्तको शव भेटिएपछि नगर प्रमुखको विवादास्पद अभिव्यक्ति आयो । कसरी आयो यो हल्ला ?
कुनै आधारमा प्रमाण विना नगर प्रमुख नगरसुरेन्द्र विष्टज्यूलाई राजनीतिक प्रतिशोध साँध्न गरिएको हो । बलात्कारपछि हत्याजस्तो अत्यन्त गम्भीर कुरामा यस्तो अफवाह फैलाउन दुःखद हो । म शव भेटिएको दिन साउन ११ गते त्यहीँ छु । निर्मलाको शव फेला परेको जानकारी पाएपछि म लगायत वडा नम्बर १८ पदाधिकारी घटना स्थलमा गएको थियौं । प्रहरीले मुचुल्का तयार गरि निर्मलाको शव घटनास्थलबाट २०/२५ मिटर अगाडि सडकमा पु¥याइएको थियो । केही व्यक्तिले एकाएक मेयर घटनास्थलमा किन नआएको भन्दै शव रोके । स्थानीयले शव रोकेपछि मेयरज्यूलाई घटनाबारे जानकारी गराए । मेयरसाप घटनास्थलमा आउन खोज्दा प्रहरी उपरीक्षक डिल्लीराज विष्टले सुरक्षाको दृष्टिकोणले राम्रो नहुने भनेपछि उहाँ आउनुभएन । त्यसपछि केही व्यक्तिले मेयरविरुद्ध नाराबाजी गर्दै मेयरले ‘सर्पले टोकेर निर्मलाको मृत्यु भएको भन्योे’ भन्ने हल्ला फैलाएका थिए । जुन गलत हो ।

निर्मला हत्या प्रकरणमा नेपाली कांग्रेसले तयार पारेको प्रतिवेदनमा त भीमदत्त नगरपालिकाका नगर प्रमुखलाई पनि दोशी देखाइएको छ नि ?
नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिलेन्द्र बडु नेतृत्वको टोली स्थलगत अध्ययनमा आएर तयार पारिएको प्रतिवेदनमा नगर प्रमुख, नगर कार्यपालिका प्रवक्ता र नगरपालिका कार्यालयलाई राजनीतिक पूर्वाग्रहका आधारमा कपोकल्पित कुरा समावेश गरी बदमान गर्न खोजिएको छ । जनता भड्काउने गरी प्रतिवेदनमा ती विषय समावेश गरिएका छन् । नेपाली कांग्रेसको स्थलगत टोलीले सरोकारवालासँग समन्वय नगरी भीनपा र नगर प्रमुख, नगर प्रवक्तालाई जोडेर अनावश्यक विषय प्रतिवेदनमा समावेश गरेको छ । जनतालाई भ्रममा पार्ने नियतका साथ प्रतिवेदनमा ती विषय समावेश गरिएका छन् । राजनीतिक गन्ध दिने गरी प्रतिवेदन तयार गरिएको छ । स्थलगत आएको समितिले अफवाह फैलाएका विषयलाई आधार मानेर प्रतिवेदन बनाइएको छ ।

नगर क्षेत्रमा हुने अधिकांश आन्दोलन नगरपालिका केन्द्रित हुने गरेका छन्, यसको कारण के होला ?
जनताका जनअपेक्षा हुनु र स्थानीय तहले लामो समयपछि जनप्रतिनिधि पाएकोले जे पनि काम नगरपालिका तथा जनप्रतिनिधिले गर्नुपर्छ भन्ने सोचका कारण पनि आन्दोलन नगरपालिका केन्द्रित भएको हुनसक्छ । अर्को कारण प्रतिपक्षमा रहेका दलहरुको बुझाई प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ भन्ने हुनाले पनि नगर केन्द्रित आन्दोलन भएको होला । पछिल्लो पटक भने नगरपालिका र नगर प्रमुखको क्षेत्राधिकारमा नपर्ने विषयलाई अनावश्यक रुपमा विवादमा तानिएको छ । हत्यामा संलग्नलाई कारवाहीको गर्ने अधिकार स्थानीय तहसँग हुँदैन । निर्मलाको शवलाई नगरपालिका कार्यालय अघि ल्याएर गरिएको आन्दोलनमा नगर प्रमुखविरुद्ध नाराबाजी गरिएको छ । नगर प्रमुखको घरमा आक्रमण गरिएको छ । कार्यालयमा आगजनी गरिएको छ । यसले नगरपालिका कार्यालय दुःखी छ ।

आन्दोलन नगरपालिका केन्द्रित हुँदा नगरपालिकाको काम गर्न कतिको समस्या आएको छ ?
नगरपालिकाले दैनिक रुपमा प्रदान गर्दै आएका सेवा प्रवाहमा असहजता भइरहेको छ । स्रेवाग्राहीलाई दिनुपर्ने सेवा सुविधा दिन सकिएको छैन । नगरपालिका केन्द्रित हुने आन्दोलनले नगरपालिकाको काम मात्र प्रभावित नभई अन्य कार्यालयको समेत काम प्रभावित हुन्छ । कुनै पनि सेवाग्राहीको काम अन्य कार्यालयसँग पनि सम्बन्धित हुने गर्दछ । कार्यालयमा कर्मचारीहरु डराएर बस्नुपर्ने अवस्था आएको छ । कार्यालय प्रवेशद्वारमा नाराबाजी गरी दैनिक आन्दोलन गरिएपछि सेवाग्राही भित्र पस्न सक्ने अवस्था नै रहेन । अहिले सेवाग्राही यसमा असन्तुष्ट छन् ।

निर्मलाको शव भेटिएपछि स्थानीयले अस्थायी प्रहरीको पोष्ट स्थापनाको माग गरेका थिए । त्यसका लागि के हुँर्दैछ ?
भीमदत्त नगरपालिका वडा नं. २ उल्लटाखाममा प्रहरी पोष्ट स्थापनाका लागि आवश्यक पहल गर्ने स्थानीयसँग प्रतिबद्धता गरेका थियौं । प्रतिवद्धता अनुसार जिल्ला प्रशासनसँग माग गरिएको छ । आन्दोलन र प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारीको व्यस्तताका कारणले यस विषयमा अहिले छलफल गर्न पाइएको छैन । अब स्थिति सहज भएपछि प्रशासन र प्रहरीसंग छलफल गरी प्रतिवद्धताअनुसार पोष्ट स्थापना गर्नेछौं ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...