नेपालस्थित संयुक्त राष्ट्रसंघीय राजनीतिक मामिला विभाग औपचारिक रुपमा बन्द

Political affairs nepal

काठमाडौं । संयुक्त राष्ट्रसंघको नेपालस्थित संयुक्त राष्ट्रसंघीय राजनीतिक मामिला विभागको (डिपिए) कार्यालय बन्द भएको छ । दुइ दशकअघि नेपालमा स्थापना भएको संयुक्त राष्ट्रसंघीय राजनीतिक मामिला विभाग औपचारिक रूपमा बन्द भएको राष्ट्रसंघका प्रवक्ताले विज्ञप्ति मार्फत जानकारी गराएका हुन् ।

‘विगत दुइ दशकदेखि नेपालको शान्ति प्रक्रियामा सघाउँदै आएको डिपिए नेपालमा संविधान निर्माण र यससँगै भएको तीन चरणको निर्वाचनपछि औपचारिक रुपमा बन्द गर्ने निर्णय गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ । नेपाल सरकारले तीन महिनाको समयाअवधि दिएर राष्ट्रसंघीय कार्यालय बन्द गर्न निर्देशन दिएको थियो ।

डिपिएले नेपाल सहित दक्षिण एसियाली राष्ट्रहरुको राजनीतिक अनुगमन नेपालबाटै गर्ने गरेको जानकारहरू बताउँछन् । डिपिएलाइ जातीय क्षेत्रिय मुद्धा भड्काउने गरेको आरोप लाग्दै आएको थियो ।

यसअघि ‘अनमिन’ सन् २००६ देखि २०११ सम्म औपचारिक रुपमा नेपालमा रही सेना समायोजन लगायत तत्कालीन माओवादीलाई राजनीतिको मुल प्रबाहमा ल्याउन सहयोग गर्न नेपाल आएको थियो । तर, त्यसयता भने नेपालमा अनधिकृत रुपमा डिपिएका रुपमा बस्दै आएको थियो । राष्ट्रसंघले राजनीतिक मामिला हेर्ने विभागका रुपमा डिपिएलाई नेपाल सरकारसँग कुनै सम्झौता नगरी सञ्चालन गर्दै आएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...