नेपालको शानदार जित, पुग्यो साफ च्याम्पियनसिपको सेमिफाइनल

Saf ma jit

काठमाडौं । शानदार जित हात पार्दै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–० गोल अन्तरले हराएको छ । योसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।

खेलमा नेपालले सुरुदेखि नै घरेलु समर्थकको साथ पाएको बंगलादेशलाई दबावमा राखेको थियो । खेलको ३३ औं मिनेटमा बिमल घर्ती मगरले नेपाललाई अग्रता दिलाए ।

विमलले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको बल बंगलादेशको गोलरक्षकले हातमै परेको थियो । तर, उनले रोक्न सकेनन् र गोलमा परिणत भयो ।

दोस्रो हाफमा पनि नेपालले दबाव बनाइराक्यो । निर्धारित ९० मिनेटको अन्तिममा नवयुग श्रेष्ठले गोल गरेपछि नेपालको जित सुनिश्ति भयो ।

अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३–० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई जित चाहिएको थियो भने बंगलादेशलाई बराबरी भए पुग्थ्यो ।

प्रतिकृया दिनुहोस