बिमलले गरे फ्रि किक गोल, नेपालको अग्रता

Saf football

काठमाडौं । नेपालले साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशविरुद्ध गोल गरेको छ ।

राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा पहिलो हाफको ३३ औं मिनेटमा बिमल घर्तीमगरले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको फ्रि किक गोलमा परिणत भएको हो ।

राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा जारी पहिलो हाफको ३३ औं मिनेटमा बिमल गुरुङले लामो फ्रि किकमा गोल भएको हो । बंगलादेशका गोलरक्षकले हातमै आएको बल पनि रोक्न सकेनन् ।

बंगलादेशविरुद्ध नेपालको कप्तानी भरत खवासले सम्हाल्लेका छन् । नियमित कप्तान विराज महर्जन भने बेञ्चमा छन् ।

यसअघि पाकिस्तान र भुटानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका अन्जन विष्ट पनि बेन्चमा रहेका छन् । पाकिस्तानसँग खेलेपनि भुटानसँग खेल्न नपाएका नवयुग श्रेष्ठ पनि टिममा परेका छैनन् ।

अन्जनको स्थानमा भरतलाई सुरुवाती ११ मा राखिएको छ ।सेमिफाइनलमा स्थान बनाउन नेपाललाई जित्नैपर्ने दबाव भने छ भने बंगलादेशलाई बराबरी भए पुग्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...