साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेश भीड्दै

Saf football

काठमाडौं । शनिबार साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल र बंगलादेश भिड्दै छन् ।

बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा हुने खेलमा आयोजकसँग नेपालले प्रतिस्पर्धा गर्ने छ । सेमिफाइनल प्रवेश गर्नका लागि आजको खेल जित्नै पर्ने दबाब नेपाललाई छ । समूहमा दुई खेल सकिँदा ६ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा छ । ३ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ भने तेस्रो स्थानको पाकिस्तानको पनि समान ३ अंक नै छ ।

त्यसैले आजको खेल जिते मात्र नेपाल सेमिफाइनलमा पुग्ने छ । यसअघि भएको खेलमा नेपालले पाकिस्तानसँग २(१ ले पराजित भएको थियो भने भुटानलाई ४(० गोलले हराएको थियो ।

अन्तिम खेलमा पाकिस्तानले तुलनात्मक रुपले कमजोर मानिएको भुटानसँग प्रतिस्पर्धा गर्ने छ । पाकिस्तानले उक्त खेल जित्ने सम्भावना रहेकाले नेपालले पनि आफ्नो अन्तिम खेलमा बंगलादेशलाई हराउँदा मात्रै सेमिफाइनलको यात्रा सुनिश्चित हुन्छ ।

प्रतिकृया दिनुहोस