निजामति दिवसमा ४० कर्मचारीलाई सम्मान, सर्वोत्कृष्ट कर्मचारी को ?

Karmachari rmouq

काठमाडौं । सरकारले १५ औं निजामति सेवा दिवसको अवसरमा ४० जना कर्मचारीहरुलाई सम्मान गरेका छन् ।

दिवसका अवसरमा शुक्रबार सिंहदरबारमा आयोजित कार्यक्रममा १० जनालाई उत्कृष्ट निजामति पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुलाई पुरस्कार वितरण गरे । सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारको राशी दुई लाख, उत्कृष्ट निजामति सेवा पुरस्कारको राशी एक लाख र निजामति सेवा पुरस्कारको राशी ५० हजार रुपैयाँ छ ।

क-कसले पाए पुरस्कार ?

आर्थिक वर्ष २०७४ र ७५ का लागि एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामति सेवा पुरस्कार पाउनेहरुमा ५ जना सहसचिव, एक जना उपसचिव र दुई जना शाखा अधिकृत छन् ।

सहसचिवहरु राधिका अर्याल, धनराज ज्ञवाली, लोकराज पराजुली, सुनिल कुमार दास, पद्मकुमार मैनाली, दीपक अधिकारी, हरिशरण पुडासैनी, उपसचिव टिकादत्त राई, अधिकृतद्वय गोविन्दप्रसाद घिमिरे र गोपालप्रसाद दाहालले उत्कृष्ट निजामति सेवा पुरस्कार पाएका हुन् ।

आर्थिक वर्ष २०७३ र ७४ का लागि छानिएका कर्मचारीहरुलाई पनि यसै वर्ष सम्मान गरिएको छ । गत वर्ष तराई मधेसमा बाढीको विपत्ति आएकाले निजामति सेवा दिवसमा पुरस्कार वितरण समारोह आयोजना गरिएको थिएन ।

आर्थिक वर्ष ०७३ र ७४ को उत्कृष्ट निजामति सेवा पुरस्कार पाउनेहरुमा दीपक सुवेदी, डिल्लीराज घिमिरे, केवलप्रसाद भण्डारी, प्रेमलाल लामिछाने, इन्द्रप्रसाद आचार्य, जीवनप्रसाद सेढाईं, जगन्नाथ बराल, लक्ष्मीदत्त कलौनी, प्रल्हादकुमार योगी र अनिल खनाल छन् ।

सर्वोत्कृष्ट कर्मचारी छान्न सकेन सरकारले

एक जनालाई प्रदान गरिने सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार भने गत वर्षजस्तै यस वर्ष पनि कसैलाई दिइएको छैन । सर्वोत्कृष्ट पुरस्कार पाउन लायक कर्मचारी फेला नपरेकाले सो पुरस्कार कसैलाई नदिइएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।

निजामति सेवा दिवसको दिन पुरस्कृत हुने कर्मचारीहरुको छनोट मुख्य सचिवको नेतृत्वमा बनाइएको समितिले गर्दछ ।

त्यसअघि देशभरका सरकारी कार्यालयहरुबाट उत्कृष्ट कर्मचारीहरुको नामावली सामान्य प्रशासन मन्त्रालयमा पठाइन्छ । सामान्य प्रशासन मन्त्रालयले ती नामावलीको ‘सर्ट लिस्टिङ’ गरेर प्रधानमन्त्री कार्यालयमा पठाउँछ र मुख्य सचिव नेतृत्वको समितिले पुरस्कृत हुने कर्मचारीहरुको छनोट गर्दछ । कर्मचारी छान्दा सेवा अवधि, उनीहरुको कार्यसम्पादन, इमान्दारीता लगायतलाई आधार बनाइन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...