तीन वर्षसम्म पनि किन पाएन नेपालले बङ्गबन्धु गोल्डकप जित्दाको २५ हजार डलर ?

Bangabandhu gold cup

काठमाडौं । बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको पाँचौं संस्करणको उक्त प्रतियोगिता आगामी असोज १५ देखि २७ गतेसम्म बङ्गलादेशको राजधानी ढाकामा हुँदैछ ।

तर, दुर्भाग्य बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको पुरस्कार नेपालले अझै पाउन सकेको छैन । २०७२ मा नेपाली राष्ट्रिय फुटबल टोलीले २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जित्यो । सो प्रतियोगितामा नेपालले फाइनलमा बहराइनलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।

२०७२ माघमा बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि हात पारेर खुसी बटुल्यो । तर, अहिलेसम्म सो प्रतियोगिता जिते बापतको २५ हजार अमेरिकी डलर पाउन सकेको छैन ।

बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा सो प्रतियोगिता आयोजना गरिँदै आएको छ । आगामी असोज १५ देखि २७ गतेसम्म पाँचौ संस्करण हुँदैछ ।

सो प्रतियोगिताको पाँचौ संस्करणको खेल तालिका सार्वजनिक गरिँदासमेत नेपालले पुरस्कार राशि नपाउँदा नेपाली खेलाडी निरास छन् । खेल तालिकाअनुसार नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । समूह ‘ए’ मा प्यालेस्टाइन र ताजकिस्तानसमेत छन् । समूह ‘बी’ मा आयोजक बङ्गलादेश, लाओस र फिलिपिन्स रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...