कञ्चनपुर घटनाको छानविन गर्न सिआइबीका एसएसपी महेन्द्रनगरमा

Cib mnr

काठमाडौं । प्रहरी प्रधान कार्यालयले कञ्चनपुर घटनाको प्रभावकारी अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक ठाकुर ज्ञवालीलाई खटाएको छ ।

कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ की ११ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न गठित समितिलाई थप सहयोग गर्ने गरी प्रवउ ज्ञवालीलाई घटनास्थलमा खटाइएको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले जानकारी दिए ।

‘यसअघि गठित समितिलाई थप सहयोग गरी अनुसन्धानलाई प्रभावकारी बनाउन प्रवउ ज्ञवालीलाई घटनास्थल पढाइएको हो’, उनले भने ।

स्थानीयवासीले सरकारले उच्चस्तरीय छानबिन टोली गठन गरेपछि कञ्चनपुरका नागरिक समाज र पीडित परिवारलगायतले अपराधी पत्ता लाग्ने आश्वासनमा आन्दोलन स्थगन गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...