एसियाडमा चीनकै बर्चश्व, नेपाललाई सान्त्वना जित

Asid khel

काठमाडौं । १८औं एसियाली खेलकुद समापन हुँदा नेपालले एक मात्र सान्तवना जित हात पारेको छ ।

इन्डोनेसियाको राजधानी जाकर्ताको गेलोरा बुङ कार्नो रंगशालामा एसियाली खेलकुदको समापन गरिँदा नेपालले भने १ रजत पदक मात्र जित्न सक्यो । नेपालले प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री टिम इभेन्टमा रजत जित्यो ।

नेपालले १८औँ एसियाडमा अघिल्लो संस्करण (इन्चोन एसियाड, २०१४) मा भन्दा ९ खेल बढायो । सहभागी खेल  २९ पु-याए पनि उपलब्धि निकै फितलो रह्यो । एसियाडमै पहिलोपटक सहभागी गराइएको प्याराग्लाइडिङले आफ्नै प्रयासमा नेपालको इज्जत राख्यो । राज्यबाट बढी लगानी भएका तेक्वान्दो, कराते, बक्सिङलगायतका खेलबाट उपलब्धि शून्य रह्यो ।

प्रतियोगितामा सहभागी ४५ देश मध्ये ३७ देशले मात्र पदक जित्न सफल भए । १ रजत जितेकाले नेपाल पदक तालिकाको ३३औं स्थानमा रह्यो । ८ देशले पदक जित्न सकेनन् ।

गत १८ अगस्टदेखि हिजोसम्म इन्डोनेसिया र पालेङबाङमा चलेको एसियाली खेलकुदमा ४५ देशका ११ हजार ३ सय खेलाडीले ४० खेलको ४ सय ५६ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

यसपटकको एसियाली खेलकुदमा पनि चीनले आफ्नो वर्चश्व जमायो । चीनले १ सय ३२ स्वर्ण, ९२ रजत र ६५ कास्य गरी कुल २ सय ८९ पदक जित्यो ।

पदक तालिकाको दोस्रो स्थानमा रहेको जापानले ७५ स्वर्ण, ५६ रजत र ७४ कास्य गरी कुल २ सय ५ पदक हात पार्‍यो । दक्षिण कोरियाले ४९ स्वर्ण, ५८ रजत र ७० कास्य गरी जम्मा १ सय ७७ पदक जित्न सफल भयो । चौथो स्थानमा आयोजक इन्डोनेसिया रह्यो । उसले ३१ स्वर्ण, २४ रजत र ४३ कास्य गरी कुल ९८ पदक हात पार्‍यो ।

चार वर्षपछि चीनको हान्जोउमा १८औं एसियाली खेलकुद हुनेछ । समारोहमा सन् २०२२ को एसियाली खेलकुद आयोजना गर्ने चीनको होन्जाउ प्रान्तका प्रमुखलाई एसियाली खेलकुदको झन्डा हस्तान्तरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस