एसिया कप छनोटमा नेपालको दोस्रो जित, सिंगापुर चार विकेटले पराजित

Nepali creat 2

काठमाडौं । नेपालले एसिया कप छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

आइतबार भएको खेलमा नेपालले सिंगापुरलाई चार विकेटले हरायो । मलेसियाको युकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ४२ ओभरमा एक सय ५१ रनमा अलआउट भयो ।

नेपालले बलियो सुरुवात गर्दै पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेको थियो । अनिलकुमार साह ४३ रनमा आउट भए भने सुवास खकुरेल १४ र कप्तान पारस खड्का ११ रनमा पेभेलियन फर्किए ।

ज्ञानेन्द्र मल्लले २९ रन जोडेका थिए । सामान्य लक्ष्य पक्ष्याएको नेपालले एक सय ४८ रन बनाउँदा ६ विकेट खेर फाल्यो । सागर पुनले १४ रन बनाउँदा दिपेन्द्र ऐरीले ३३ रन जोडे ।

सुरुवात राम्रो गर्न नसकेको सिंगापुरल १८ रन बनाउदा तीन विकेट गुमाएको थियो । सिंगापुरका सुरुवाती तीन खेलाडीले दोहोरो अंक छुन सकेनन् । चौथो विकेटका लागि चेतन रामचन्द्र र अनिश इडवार्डले ८० रनको साझेजारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर उनको जोडीलाई दिपेन्द्र ऐरीले तोडे ।

/uploads/Vadau/U19-Nepal-Vs-.jpgअनिशलाई दिपेन्द्रले ३१ रनमा रनआउट गरेपछि सिंगापुर ९८ रनमा चार विकेट गुमायो । तर सिंगापुरको विकेट झर्ने क्रम यतिमा रोकिएन । एक सय १८ रन बनाउदा सिंगापुरका ६ जना खेलाडी पेभेलियन फर्किएका थिए । जब उसका कप्तान चेतन ६० रनमा आउट भए त्यसपछि सिंगापुरको पारी पुरै खस्कियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...