एसिया कप छनोटमा नेपालको पहिलो जित, मलेसिया १९ रनले पराजित

Nepal jityo

काठमाडौं । मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको तेस्रो खेलमा नेपालले पहिलो जित दर्ता गरेको छ ।

क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले प्रस्तुत गरेको १ सय ८९ रनको लक्ष्य पछ्याएको मलेसिया ३० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६९ रनमा समेटियो ।

मलेसियाका लागि अनवर अरुदिन र साहेद अजिजले समान ३४–३४ रनको योगदान दिए । त्यस्तै अहमेद फैजले २२, भिरन्दीप सिंहले २१, मुहमेद स्याहदतले १६ र सर्भिन मुनियान्डीले १० रनको योगदान दिँदा अन्य खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन् । नेपालका लागि बसन्त रेग्मीले ३, सोमपाल कामी र सन्दीप लामिछानेले २–२ तथा सागर पुन र दिपेन्द्रसिंह ऐरीले एक–एक विकेट दिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पूरै ३० ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ८८ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले अर्धशतक बनाएका छन् । आरिफले नटआउट ६४ र दिपेन्द्रले ५४ रन बनाए । ४८ बल खेलेका आरिफले ५ चौंका र २ छक्का प्रहार गरे। त्यस्तै दिपेन्द्रले ५१ बलमा ६ चौंका र १ छक्का प्रहार गरे। कमजोर शुरुवात गरेको नेपालका लागि दिपेन्द्र र आरिफले छैटौं विकेटका लागि १ सय १ रनको साझेदारी गरेका थिए ।

त्यस्तै नेपालका लागि अनिलकुमार शाहले १६, पारस खड्काले १३ र दिपेन्द्रसिंह ऐरीले ११ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । मलेसियाका लागि सर्भिन मुनियान्डी र सैजरुल इदरुसले समान ३ तथा मोहम्मद अनवर रहमनले १ विकेट लिए । जितसँगै नेपालले महत्वपूर्ण २ अंक हासिल गरेको छ । नेपाल पहिलो खेलमा ओमानसँग ७ विकेट र दोस्रो खेलमा युएईसँग ७८ रनले हारेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...