माओवादी केन्द्र भन्छ, मोदीको हेपाहा प्रवृत्तिले हतियारसहित भारतीय सेना काठमाडौं आयो

Modi jee 525x300

काठमाडौँ । बिहिबारबाट सुरु हुने बिमस्टेक शिखर सम्मेलनमा भारतीय सेना हतियारसहित आएको विषयमा चौतर्फी विरोध भइरहेका बेला नेकपा माओवादी केन्द्रले विरोध जनाएको छ । उसले यसलाई नेपालको सार्वभौमिकतामाथि आँच पुर्याउने काम भएको बताएको छ । 

नेकपा माओवादी केन्द्रले नेपाली सेनाप्रति अविश्वास गरेको र नेपालको सुरक्षा नीतिमा खलल पुर्याएको समेत दाबी गरेको छ ।

पार्टीका महासचिव कर्णजीत बुढाथोकी ‘शुशिल’ले विज्ञप्ति जारी गर्दै विदेशी पाहुनालाई सुरक्षा दिन नेपाली सेना सक्षम रहेको र जनता तयार रहेको तर भारतीय सेना निर्वाध रुपमा हतियारसहित काठमाडौँमा घुम्नु बिडम्वनाको विषय भएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको लाचारीपन र मोदीको हेपाहा गतिविधिप्रति आपत्ति जनाएका छन् ।

‘नेपालमा युद्ध छैन, नेपाली सेना, प्रहरी सुरक्षा दिन सामथ्र्य राख्छ । नेपाली जनताहरु पनि विदेशी पाहुनालाई सुरक्षा दिन तयार छन् । विडम्बना तर आज भारतीय सेना निर्वाध रुपमा हतियारसहित आउनु नेपालको सार्वभौमिकतामाथि आँच पुर्याउने काम हो । नेपाली सेना, प्रहरीप्रतिका अविश्वास गरेको र नेपालको सुरक्षा नीतिमा खलल पुर्याँएको छ । यो केपी ओली सरकारको लाचारीपन र मोदी सरकारको चरम हेपाहा गतिविधिप्रति नेकपा माओवादी केन्द्र घोर आपत्ति प्रकट गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

महासचिव शुसिलले बिमस्टेक सम्मेलन नेपालमा हुनु सुखद् विषय भएको बताउँदै भारतसँग नेपालको ६५ प्रतिशत व्यापार घाटा भएको विषयमा छलफल गर्नुपर्ने बताएका छन् । उनले बिमस्टेक अल्प विकसित देशको प्रथमिकताको लागि हो वा विकसित देशको लागि कार्यान्वयनमा भर पर्ने समेत बताए ।

बिमस्टेसको शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हतियारसहितका सुरक्षाकर्मी ल्याएर काठमाडौं पुग्दैछन् । सुरक्षाकै लागि भन्दै तीन गाडीमा अत्याधुनिक हतियारसहित भारतीय सेना दुई पटक गरी काठमाडौं आइसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...