निरौला भन्छन्, भारत र बेलायतको सार्वभौमिकता रक्षा गर्ने गोर्खालीले विदेशी पाहुनाको सुरक्षा गर्न सक्छन्

Gobinda niraula

नेपाल समाजवादी कांगे्रसका महासचिव हुन् गोविन्द निरौला । उनको पार्टीले संवैधानिक प्रजातन्त्र र हिन्दुराज्यको घोषणाको वकालत गर्दै आएको छ । यता, नेपालमा बिमस्टेक बैठक हुँदैछ । यही बेला भारतीय सेना नेपाल आएको छ । यसले नेपालको सार्भभौकितामाथि नै असर पारेको छ । प्रस्तुत छ, यसबाट राज्यलाई हुने फाइदा र वेफाइदाबारे चर्चा गदै नेपाल समाजवादी कांगे्रसका महासचिव गोविन्द निरौलासँग समसामयीक विषयमा निशान न्युजले गरेको कुराकानी ।

नेपालमा बिमस्टेक सम्मेलन हुँदैछ । यसलाई कसरी लिनुभएको छ ?
तपाईहरुले जुन समाचार प्रसारण गर्नुहुन्छ, मैले त्यसैबाट थाहा पाउने हो नेपालमा बिमस्टेक बैठक हुँदैछ भनेर । व्यापार र शुरक्षाको लागि बंगालको खाडी भन्ने उद्देश्यकासाथ हुन लागेको बैठक आफैँमा महत्वपूर्ण हुनु स्वभाविक हो । कारण भारत र अमेरिकालाई चीन बंगालको खाडिसम्म आउने कुरा रोक्नु अनिवार्य भएको छ । ओविआरको माध्यमवाट विश्व यात्रामा निस्किएको चीनलाई बीच बाटैमा रोक्न सकिएन भने आफ्नो अस्तित्व समाप्त हुने डरमा रहेको अमेरिका र चीन अमेरिका युद्ध हुँदा आफु सुपरपावरमा स्थापित हुन सकिन्छ भन्ने सोचमा रहेको भारत पाकिस्तान समेतलाई अलग्याउन लागिपर्नु सामान्य कुरा हो । हाम्रो महत्व केही वर्षअघि मात्र गठन भएको सार्कको विषयमा कुनै अन्यवल हुन्छ कि शंका हुनु स्वभाविक मान्नुपर्छ । कारण सार्कको रफ्तार गतिहीन हुनु दक्षिण एसियाका मुलुकहरु नकारात्मक पक्षबाट प्रभावित हुन्छन् ।

बिमस्टेक सम्मेलन तयारीका क्रममा भारतीय सेना हातहतियारसहित नेपालमा आएका छन् । यसले कस्तो सन्देश देला त ?
नेपाल स्वाधिन र सार्वभौम राष्ट्र हो । देशको रक्षा गर्ने सेनाले विदेशी पाहुनाको रक्षा गर्न सक्दैन भन्ने कुरा होईन । तपाई आफैँ हेर्नुस् भारत र बेलायतको सार्वभौमिकता रक्षा गर्न बसेका सेना अहिले पनि नेपाली नै छन् । छिमेकी देशप्रति उसले देखाउने व्यवहारको कारण भारतको सोच बिस्तारवादी छ । यो निस्चित हो । हामीहरु आफ्नो सार्वभौमिकताप्रति हुने कुनै पनि हस्तक्षेप सहन तयार छैनौं ।

यो सम्मेलनबाट नेपाललाई के के फाईदा होला त ?
शासन निरंकुश छ । शासकहरु निर्देशित छन् । जबसम्म ओलीको सत्ता रहन्छ, राज्य र जनताको लागि उपलव्धि खोज्नुभयो भने गलत हुन्छ । अर्थात् नेपालमा मञ्चन गरिने बिमस्टेक बैठकले राज्यको लागि कुनै उपलब्धि दिने देखिँदैन । त्यसो भन्दैमा बंगालादेश र नेपालबीच पारवहन सन्धी भयो यात नेपालले भारतीय राधिकापुर हुँदै बंगालको खाडी जाने बाटो निर्वाध रुपमा प्रयोग गर्ने अवस्था सृजना भयो भने नेपाल भारतबीचको सम्बन्ध नयाँ गतिमा अघि बढ्न सक्छ ।

तपाईले त बिमस्टेक बैठकबारे नै प्रश्न उठाउनुभएको छ नि, किन ?
प्रश्न उठाएको होइन, वास्तविकता उजागर गरिदिएको छु । कारण, दक्षिण एशियामा हरेक कामको पछाडि अनेक काम हुने गरेका छन् । नेपालका राजाले सार्कको अवधारणा ल्याउनु भारत खुसी देखिएको थिएन । चीनलाई सार्कमा स्थान दिने कुरा उठ्नु भारत अमेरिका दुबै त्रसित भए । शक्ति होडको निचोड सार्कको विघटनले काम गर्नु बिमस्टेकको गठन भएको छ । अर्थात् नेपाली राजसंस्थाको बिघटन, संघीयता र धर्मनिरपेक्षता जस्ता मुद्दा बाह्य शक्तिको हस्तक्षेप मान्नु पर्छ । राजा वीरेन्द्रको हत्या प्रकरण दरबार आन्तरिक श्रोतलाई मात्र दोष दिनु हुँदैन ।

सीमामा राखिएका भारतीय सुरक्षाकर्मी फिर्ता लानुपर्ने र सीमास्तम्भ दुरुस्त राख्नुपर्ने कुरा उठाउनुभएको छ । यही बेला उठाउनुपर्ने कारण के होला ?
हामीहरु विश्व संवैधानिकताको पक्षमा छौं । स्वाधिनता, समानता, स्वतन्त्रता, सार्वभौमिकता, अखण्डता र एकताले मात्र शान्ति गतिशिलता र विकास सम्भव छ भन्ने कुरामा हामीहरुको बिस्वास छ । यिनीहरुको बिग्रह विश्व आतंक जन्मिएको हुँदा त्यसलाई नियन्त्रण गर्न संवैधानिक प्रजातन्त्रको स्थापना आवस्यक हुन्छ । जहानेर प्रजातन्त्रको कुरा गरिन्छ, जनताहरु सार्वभौम हुन चाहन्छन् । सार्वभौमिकताको सवालमा बाह्य हस्तक्षेप स्वीकार गरिँदैन । अर्थात् नेपाली जनता कसैको हस्तक्षेप स्वीकार्न तयार छैनन् ।

अर्को कुराहो नेपाल भारतबीच रहेका सीमा पिलरहरु भारतले एकतर्फी रुपमा उखलेर फालेको छ । कालापानी नेपाली भुभागमा भारतीय सेना राख्नु नेपाली जनताले हामी माथिको अतिक्रमण सम्झेका छन् । हामीहरु शान्ति चाहाने भएकोले समयलाई ख्याल गर्न अनुरोध गरेका हौं । अर्थात् हामीहरु भारतीय अतिक्रमणबाट राज्यको सुरक्षा महशुस गरिरहेका छैनौं ।

तपाईले बारम्बार भारतको विरोध गर्नुहुन्छ । भारतको बिरोध गर्नुपर्ने कारण के हो ?
हामीहरु छिमेकीसँगको सम्बन्ध आधुनिक र बैज्ञानिक होस् भन्ने चाहन्छौं । तर, छिमेकी भारतसँगको सम्बन्ध त्यस्तो भएको देखिँदैन । भारत, अमेरीका, बेलायत, जहाँ सुकैबाट होस्, बाह्य क्षेत्रबाट नेपालमाथि हुने हस्तक्षेप हाम्रा लागि स्वीकार्य छैन । प्रत्येक साना मसिना कुरामा हुने गरेको हस्तक्षेप हाम्रो लागि घृणादायक छ । कारण सिक्किममा भएको भारतीय अतिक्रमण, भुटान माथिको नियन्त्रण, फिजिमा देखिएको हस्तक्षेप, श्रीलंकाको आतंक हाम्रा लागि उदारण भएका छन् । हामै्र तराईमा पनि नागरिकताको विषय देखाएर भारतले हस्तक्षेप गर्ने प्रयास गरेको छ । जुन हस्तक्षेप निन्दनीय छ । नेपाल भुमी कालापानीमा राखिएका भारतीय सेना मात्र नभएर पेन्सन क्याम्पमा राखिएका सैनिक क्याम्पहरु तुरुन्त हटाउनुपर्छ । अर्थात् अर्को देशमाथि राखिने बर्दीधारी सैनिक अखडा त्यस देशमाथिको स्वाधिनता र सार्वभौमिकताको आक्रमण हुन्छ ।

प्रशंग बदलौ, सरकारको पछिल्लो गतिविधिलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?
मैले बारम्बार भन्ने गरेको छु, नेपालको संविधान विभेदित छ । शासकहरु निरंकुस छन् । कानुन अपांग छ । असंवैधानिक सरकारले गरेका कामहरु राज्य र जनताको पक्षमा छन् भन्नु कति गलत हुन्छ भन्न सक्दिनँ । तपाई आफैँ निस्चित हुनुपर्ने कुरा केहो भने, हत्या अपरण र बलमत्कारका घटनाहर बढेर जानु सरकार असफल बननु हो । महंगी, तस्करी, घुसखोरी, कालोबजारी आदी राज्य संचालनका आदर्श भएका छन् । कञ्चनपुरको घटना हेर्नुस्, १३ वर्षको बालिकालाई बलात्कार गरेर मारियो । सरकारले आफ्ना अपराधीहरु पाल्न जनतालाई असीमित कर थुपारिदिएको छ । जुन समानुपातिक र समावेशिताको कुरा उठाइएको छ, नेताहरुको बाहुबलबाट बाहिर निस्कन सकेको छैन । जातीय छुवाछूत टड्कारो छ । अर्थात् राज्य विखण्डन हुने अवस्थामा पुगेको छ ।

अहिले विप्लव नेतृत्वको माओवादीका प्रवक्ता प्रकाण्ड पक्राउ पर्नुभएको छ, यसबारे तपाईको धारणा के हो ?
पूर्व माओवादी नेता प्रचण्ड आफैँ सत्तामा हुनुहुन्छ । प्रतिशोधको भावनामा विपक्षीलाई निषेध गरिने कुरा आफ्ना लागि समेत घातक हुनेछ । राजनीतिक नेता जेलमा जाने कुरा निरन्तर चलिरहन्छ । यसलाई स्वभाविक मान्न सकिन्छ । तर, अहिले जसरी सर्वाेच्चले छाड्ने र प्रशासनले पक्राउ गर्ने दोहोरिरहेको छ, त्यो गलत छ । यति मात्र हो की प्रकाण्डको जीवन रक्षा गर्न सरकार संवेदनशील हुनुपर्दछ । वर्तमान अन्यौलको निकासका निम्ति संवैधानिक प्रजातन्त्र र हिन्दुराज्यको घोषणा साथ राष्ट्रिय सहमतिको वातावरण सृजना गर्न जरुरी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...