एसियाली खेलकुद : ज्युँदै छ पदक जित्ने नेपालको आशा

Paraglading team

काठमाडौं । इण्डोनेसियाको जाकार्तामा अघिल्लो साताको शनिबारदेखि सुरु भएको १८औं एसियाली खेलकुदमा नेपाली खेलाडीको लगातारको खराव प्रदर्शनले समर्थक निराश बनिरहेका बेला प्याराग्लाइडिङ टोलीले नेपालको पदक जित्ने आसा ज्युँदै राखेको छ ।

पदकको आशा गरिएको तेक्वान्दो, कराते र बक्सिङ पदकविहीन भइरहँदा एकमात्र आशाको रुपमा रहेको प्याराग्लाइडिङले नेपाली समर्थकलाई पुनः उत्साहित बनाएको छ ।

प्याराग्लाइडिङको टिम क्रसकन्ट्रीतर्फ चौथो चरणसम्म नेपाली टोली दोस्रो स्थानमा उक्लिएको छ । पदकको आशा गरिएको नेपाली टोली पहिलो र दोस्रो चरणमा तेस्रो स्थानमा थियो । तर, सोमबार भएको तेस्रो चरणको खेलमा नेपालको प्रदर्शन अपेक्षाकृत केही कमजोर रहँदा चौथो स्थानमा झरेको थियो ।

प्याराग्लाइडिङको पाँचौं तथा अन्तिम चरणको खेल बुधबार हुनेछ । चौथो चरणसम्म नेपालभन्दा अगाडि जापान मात्र छ । प्याराग्लाइडिङको टिम क्रसकन्ट्रीमा पाँच खेलाडी हुनेछन् ।

उनीहरुलाई २५ किलोमिटरको टाक्स दिइएको हुन्छ । हरेक खेलाडीले १००० पूर्णांकको टाक्समा प्रतिस्पर्धा गर्नेछन् । चौथो चरणको खेलमा नेपालका तीन खेलाडीले टास्क पूरा गरेका कारण नेपाल दोस्रो स्थानमा उक्लिएको हो ।

यसअघिका दुई चरणमा दुई खेलाडीले मात्र टास्क पूरा गरेका थिए भने दोस्रो चरणको खेलमा प्रतिकुल मौसमका कारण सहभागी कुनै पनि खेलाडीले टास्क पूरा गर्न सकेका थिएनन् ।

प्याराग्लाइडिङमा पुरषतर्फ नेपालका पाँच खेलाडी छन् । टिमको नेतृत्व अनुभवी पाइलट बिमल अधिकारीले गरेका छन् भने युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...