प्रधानमन्त्री ओली भन्छन् २०३० सम्ममा समृद्धिको संकेत पाइने छ

Kp oli 5 587x500

काठमाडौं । नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय नलाग्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सरकारले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न लामो समय नलिने स्पष्ट गर्दै भने, ‘संयुक्त राष्ट्र संघले राखेको दिगो विकास लक्ष्यको समय २०३० सम्ममा हामीले समृद्धिको संकेत पाइसक्छौँ ।’ प्रधानमन्त्री ओलीले सोका लागि राज्य सडयन्त्रलाई चुस्त बनाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले कर्मचारीतन्त्र पुरातन भएकाले यसलाई सुधार्दै चलायमान बनाउन आफू लागिरहेको जनाउँदै अहिले चर्चामा आएका कतिपय कानुन र विधेयकमा कहीँ कतै कमजोरी भए आवश्यकता र औचित्यका आधारमा संशोधन हुने स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले आर्थिक विकास र समृद्धिका लागि एउटा प्रभावकारी क्षेत्रीयसंगठन चाहिएकाले बिम्स्टेकलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । ‘बिम्स्टेकका सन्दर्भमा हाम्रो भूमिका कर्मकाण्डी हुँदैन । प्रभावकारी हुन्छ’, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले भने ‘देखेको कुरा लेख्नुहोस्, लागेको कुरा लेख्नुहोस् तर जनतालाई निराशा नछाओस् भन्ने कुरामा सचेत भइदिनुहोस् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...