भन्सार छलेर ल्याएको अवैध सामानसहित महिला पक्राउ

Pakraw kt

काठमाडौं । चोरी तस्करी गरी भारतबाट भन्सार छलेर ल्याएको अवैध सामानसहित मोटरसाइकल नियन्त्रनमा लिएको छ ।

नेपाल ल्याइरहेकोे ३ लाख ४८ हजार बराबरको अवैध सामान, मोटरसाइकल र महिलालाई पक्राउ गरी विराटनगर भन्सार कार्यालय रानीमा प्रहरीले बुझाएको छ ।

प्रदेश नं.१ का प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तर्गत अवैध सामग्री सहित सुनसरी जिल्ला इटहरी उपमहानगपालिका(७ बस्ने ३५ वर्षिय मीना ठाकुर र मोटरसाइकल आइतबार नियन्त्रणमा लिएको थियो ।

इलाका प्रहरी कार्यालय रानी र अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको संयुक्त टोलीले विराटनगर महानगरपालिका(१५ स्थित बाबा सिनेमा हल नजिकैबाट भारतबाट भन्सार छलेर ल्याएको कपडासहित उनलाई पक्राउ गरिएको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस