करेन्ट लागेर एक जनाको मृत्यु

Dead body

दाङ । करेन्ट लागेर सोमबार एक कर्मचारीको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–११ अमर माध्यमिक विद्यालयमा कार्यरत कर्मचारी ४५ वर्षीय जोगिलाल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

विद्यालयले उरहरी चोकमा व्यानर टाँसने क्रममा चौधरी करेन्ट लागेर घाइते भएका थिए । उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस