छुरा प्रहार गरेको आरोपमा वडा सदस्य पक्राउ

Chares

काठमाडौं । उर्लाबारी नगरपालिका वडा नं.६ का वडा सदस्य सचिन शाक्य खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका छन् ।

आइतबार राति ११ बजे उर्लाबारी(४ बाट शाक्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोरङ-११ मा आबद्ध फुटबल खेलाडी २७ वर्षिय विशाल तामाङमाथि छुरा प्रहार गरी शाक्य फरार रहेको आरोपे छ ।
४० वर्षिय उनलाई जिल्ला अदालतमा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको छ ।

उर्लाबारी-५ स्थित एरोमा होटलमा गत असार ७ गते विश्वकप फुटबल हेर्ने क्रममा विवाद हुँदा उनले छुरा प्रहार थिए । उर्लाबारी जेसिजका अध्यक्ष शाक्य निर्माण व्यवसायी हुन् ।

प्रतिकृया दिनुहोस