प्रध्यानाध्यापक चार दिनदेखि सम्पर्कविहीन

15

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर–१ भलुवाजोरका कालिकादेवी माध्यमिक विद्यालयका प्रध्यानाध्यापक कृष्णबहादुर कार्की शुक्रबारदेखि सम्र्पकविहीन भएको छ ।

गएको शुक्रबार आफ्नै विद्यालयका अन्य शिक्षकहरु विष्णु बुढाथोकी, सन्तोष थापा र शिवकुमार मोचीसँग प्रअ कार्की आफूले प्रयोग गर्दै आएको मोटरसाइकल मर्मत गर्ने भन्दै महोत्तरी जिल्लाको शंखिनाकामा गएको थियो ।

साथीहरुमध्ये शिवकुमारको घर तराई भएकाले उनले नै प्रअलगायत शिक्षकलाई सँगै लिएर गएको थियो । साथीहरुसँगै गएका प्रअ महोत्तरी र भारतको सीमाना शखिंनाकासम्म सँगै गएको र त्यसपछि मोटरसाइकल लिएर हिँडेका प्रअ बेपत्ता भएको उहाँका साथीहरुले प्रहरीमा जानकारी गराएका छन् ।

शंखिनाकाबाट मोरसाइकल लिएर अघि बढेका कार्कीलाई सँगै गएका साथीहरुले भेट्न नसकेको उनीहरुले बताएका छन् । सम्र्पकविहीन भएका कार्कीलाई सँगै गएका साथीहरुले खोजतलास गर्दा समेत नभेटेपछि उनीहरु सोमबार मन्थली आइपुगेका छन् ।

उनीहरुले प्रअ कार्कीलाई खोजतलास गरेको धेरै पटक मोबाइलमा सम्र्पक गर्दा समेत उहाँको मोबाइल अफ भएकाले सम्र्पक हुन नसकेको प्रहरीमा खबर गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए ।

घटनापछि सोमबार मन्थली आइपुगेका शिक्षकहरु विष्णु बुढाथोकी र सन्तोष थापालाई प्रहरीले सोधपुछ थालेको छ । यता सँगै गएका आफ्ना श्रीमान् कृष्णबहादुरलाई साथीहरुले नै गायब बनाएको ले खोजतलास गरी पाउँ भन्दै प्रअ कृष्णबहादुर कार्कीकी श्रीमती गीता कार्कीले प्रहरीमा निवेदन दिएको छ ।

प्रहरीले भने घटना महोत्तरी जिल्लाको भएकाले यस जिल्लाबाट खोजतलास नभै महोत्तरी जिल्लाबाट नै हुने भएकाले निवेदन कर्ता गीतालाई महोत्तरी जान सल्लाह दिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...