जिल्लाको खेलकुद : कछुवाको चाल

Pyuthan khelkud

प्युठान । यतिबेला १८औं एसियाली खेलकुद प्रतियोगिता भइरहेका छ । यो प्रतियोगितामा नेपालले पदक हात पार्न नसक्दा सबै निरास भएका छन् । त्यसरी प्युठानको खेलकुदको विकास हुन नसक्दा जिल्लाबासी निरास छन् ।

क्रिकेट र भलिबल नेपालमा सर्वाधिक रुचाइएको खेल हो । प्युठानमा पनि क्रिकेट र भलिबल खेललाई उत्तिकै रुचाइन्छ । तर, पर्याप्त स्रोत साधको अभावमा जिल्लाको खेल क्षेत्र नै डामाडोल बनेको छ । जिल्लाको खेलकुद क्रिकेट र भलिबल मै सीमित छ ।

सानो चौर नेट र बल भए सजिलै खेल्न सकिने भलिबल प्युठानमा धेरै पहिलादेखि खेलिँदै आएको छ । यसको लोकप्रियता दुरदराजका गाउँसम्म छ । विद्यालयको वार्षिक उत्सवदेखि अन्य बेला पनि भलिबल खेलिन्छ ।

स्रोतसाधनको अभावमा भलिबलले पनि फड्को मार्न सकेको छैन । पछिल्लो केही वर्षयता क्रिकेटमा लहर बढे पनि भलिबलको लोकप्रियतामा कुनै कमी आएको छैन । जिल्लामा कुनै ठूला प्रतियोगिता हुन नसक्दा नयाँ खेलाडी उत्पादन हुन सकेको छैन भने पर्याप्त सामग्री र प्रशिक्षक नहुँदा खेलकुदको गति कछुवाको चालझै भएको छ ।

जिल्लामा कुनै खेलकुदका गतिविधि नै भएका छैनन् भन्ने पनि होइन । तर, खेलाडी उत्पादन गर्ने र राष्ट्रियस्तरका खेल भने भएका छैनन् ।

साना खेलकै भर
क्लबहरुले आयोजना गर्ने सानातिना प्रतियोगिताले जिल्लाको खेलकुदको नाक थामेको छ ।

प्युठानमा फुटबल, कराँते, कपर्डी, टेबल टेनिस, ब्याटमिन्टन, एथ्लेटिक्स लगायतका खेल नहुँदा यी खेलका खेलाडी शुन्य प्रायः छन् । खेलकुद विकास समितिले पटकपटक माग गरे पनि हालसम्म पूरा नहुँदा जिल्लाको खेल गतिविधि सुस्ताउँदै गएको छ ।

जिल्ला खेलकुद विकास समितिसँग पर्याप्त बजेट र गाउँसम्म लुकेका प्रतिभा खोज्न सक्ने स्थिति छैन । लगानी अभावमा जिल्लाका विभिन्न ठाउँमा प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था नरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्याम थापाले बताउँछन् ।

अभावै अभाव
जिल्लामा खेलकुदका प्रशिक्षक नहुँदा ब्यावसायिक खेलाडी उत्पादन हुन सकेका छैन । जिल्लाका विभिन्न ठाँउमा गएर प्रतियोगिता सञ्चालन गर्न स्रोतसाधनको अभाव छ । जिल्लामा खेलकुद प्रशिक्षकको पनि अभाव छ । कमजोर भौतिक पुर्वाधार र लगानीको अभावले प्युठानको खेलक्षेत्रले फड्को मार्न सकेको छैन ।

केही समयअघि दुई जना कराँते र भलिबलका प्रशिक्षक करारमा आए पनि करार अवधि सकिएपछि प्रशिक्षक विहीन बनेको छ । खेल्ने चाहना भए पनि आर्थिक अवस्थाले सदरमुकाममा आएर खेल्न सक्ने अवस्था छैन ।

जिल्लामा नयाँ खेलाडी उत्पादन हुन सकेका छैनन् भने भएका खेलाडीहरुले पनि आफुसँग भएको कला प्रदर्शन गर्न पाएका छैनन् । ३ पटकसम्म राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएका भलिबल खेलाडी बलबहादुर केसी केसीले भन्छन्, ‘पर्याप्त अभ्यास गर्न खेल सामग्री र खेल मैदानको अभाव छ।’

अहिले प्रदेश सरकारको सहयोगमा जिल्लाको गोठिबाङ, बाङ्गेसाल, दिहाल्नाचौर र गणतान्त्रिक खेलकुद मैदान बिजुवारको स्तरोउन्नतीको काम भइरहेको छ ।

प्युठानका ९ वटै स्थानीय तहमा आधारभुत खेलकुद मैदान निर्माणका लागि प्रदेश ५ सरकारले गाउँपालिकाका लागि ३६ लाख र २ नगरपालिकालाई १७ लाखका दरले रकम उपलब्ध गराउने गरि बजेट स्वीकृतसमेत गरिसकेको अध्यक्ष थापा बताउँछन् ।

यसले जिल्लाको खेलकुदमा टेवा पुग्ने विश्वास खेलकुद विकास समितिको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...