धोका दिएर अरुसँग अष्ट्रेलिया जान लागेको आरोपमा गरे आफ्नै प्रेमिकाको हत्या

Birat nagar

मोरङ । मोरङका एक प्रेमी आफ्नै प्रमीका लाई हत्या गरेको छ । विराटनगर महानगरपालिकाबाट ग्रामथान गाउँपालिका–३ सिद्राहा घुम्ने भनेर शुक्रबार विहान को १७ प १७२३ नम्बरको स्कुटरमा निस्किएका थिए ।

विराटनगर–१३ का ३० वर्षीय दिनेश भट्राईले २३ वर्षीय शिखा घिमिरेको विहान १० बजे हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए ।

घुमघामकै क्रममा भट्राईले आफूसँग रहेको धारिलो हतियार दाउ प्रहार गरेर घिमिरेको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

हत्यापछि शव नहरको डिलमा फ्यालेर भाग्न खोज्दै गर्दा भट्राईलाई स्थानीय बासिन्दाले घेरा हालेर नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएका छन् ।

भट्राईलार्ई इलाका प्रहरी कार्यालय बेलबारीमा लगेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुईजना प्रेमी–प्रेमिका भएको पत्ता लागेको छ ।

‘दुईजना केही समयदेखि प्रेममा रहेको कुरा खुलेको छ,’ एसपी केसीले भने, ‘युवतीले धोका दिन खोजेको भनेर युवकले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

उनका अनुसार हत्या गरिएकी युवती एक सातापछि अरु नै केटासँग लागेर धोका दिँदै अष्ट्रेलिया जान खोजेकाले आफूले हत्या गरेको बयान भट्राईले प्रहरीलाई दिएका छन् ।

‘केही दिनदेखि शिखा अरु नै केटासँग लागेको थाहा पाएँ । उनी एक सातापछि अष्टे«ेलिया जाँदै थिइन,’ ‘अरु केटासँग नलाग्न धेरै सम्झाउँदा पनि उनले मानिनन् । त्यसपछि सँगै घुम्न गएको मौकामा एकान्त ठाउँमा लगेर हत्या गरेको हुँ ।’ भट्राईले भने ।


युवतीको अनुहार, घाँटी र पेटमा धारिलो हतियार दाउ प्रहार गरेर विभत्स हत्या गरिएको प्रहरीले जनाएको छ । एसपी केसीले भने, ‘धेरै तिर धारिलो हतियार प्रहार गरिएको कारण शव चिन्न सक्ने अवस्थामै थिएन ।’ प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको दाउ, चक्कु र दुवैजना चढेर गएको को १७ प १७२३ नम्बरको स्कुटर नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...