आमाको ममताः मृत बच्चालाई लिएर १७ दिनसम्म समुन्द्रमा घुम्यो ह्वेल

Grieving whale

काठमाडौं । ओर्का प्रजातीको लोपोन्मुख ह्वेलले आफ्नो मृत बच्चा लिएर १७ दिनसम्म लगभग एक हजार ६० किलोमिटरको यात्रा गरेपछि अन्ततः आफ्नो सन्तानलाई जान दिएको छ ।

जे ३५ वा तालेख्वा भनिने २० वर्षे आमाको बच्चा गुमाउँदाको बिलौनाले संसारको ध्यान आकृष्ट गरेको थियो ।

निधारमा आफ्नो मृत बच्चालाई १७ दिनसम्म लिएर पौडी खेलेको आमा ओर्कालाई शनिबार ‘बलियो र स्वस्थ’ देखिएको थियो ।

सेन्टर फर ह्वेल रिसर्चका संस्थापक अध्यक्ष केन बाल्कोम्बले यसबारे जानकारी दिएका हुन् ।

‘धन्न, आफ्नो मृत बच्चालाई १७ दिनसम्म हजार किलोमिटर बढी लिएर हिँडेको दुःखी आमाको यात्रा अन्ततः समाप्त भएको छ’ उनले भने ।

उनका अनुसार उक्त ओर्का ह्वेलले सन् २०१० मा जन्माएको बच्चालाई पनि गुमाएकी थिइन् । दोस्रो सन्तान पनि गुमाउनु पर्दा उनलाई अत्यधिक पीडा भएको हुनसक्ने उनले बताएका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...