लिभरपुलको वेष्टहृयाममाथि सहज जित

Epl football

काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा वेष्टहृयाममाथि सहज जित हात पारेको छ ।

आइतबार भएको खेलमा लिभरपुलले वेष्टहृयामलाई ४(० ले हराएको हो । एन्फिल्डमा भएको खेलमा लिभरपुलले १९ औं मिनेटमा नै मोहम्मद सलाहको गोलबाट अग्रता लिएको थियो । पहिलो होफको इन्जुरी टाइममा मानेले अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा पनि लिभरपुल हावी भयो । ५३ औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गरे भने निध्र्राति समयको खेल सकिन दुई मिनेट बाँकी छँदा ड्यानियल स्टर्डिजले गोल गर्दै लिभरपुललाई ४(० गोल अन्तरको प्रष्ट जित दिलाएका छन् ।

आइतबार नै भएको अर्को खेलमा साउथहृयाम्पटनले बार्नेलीसँग गोलरहित बराबरी खेलेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...