विश्वकै महंगा गोलकिपर केपालाई चेल्सीले भित्र्यायो

X0wwmozox30ub5trhvhy

काठमाडौं । स्पेनिस फुटबल गोलकिपर केपा अरिजाबालागा विश्वकै महंगा गोलकिपर बन्न सफल भएका छन् । उनलाई इंगलिस क्लव चेल्सीले क्लवलाई भित्र्याएको छ ।

अहिलेसम्मकै सर्वाधिक रकम ७२ मिलियन पाउन्डमा केपालाई स्पेनिस फुटबल क्लब एथ्लेटिक बिल्बाओबाट चेल्सीमा भित्र्याइएको हो ।

केपालाई चेल्सीले आगामी ७ वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो । केपा हाल डेभिड डे गियापछि स्पेनिस राष्ट्रिय फुटबल टोलीमा दोस्रो रोजाईका गोलकिपर रहँदै आएका छन् ।

यसअघि गत जुलाइमा लिभरपुलले ब्राजिलियन गोलरक्षक एलिसन बेकरलाई कीर्तिमानी ६७ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो ।

केपाको अनुबन्धसंगै ट्रान्सफर जोन पनि सकिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...