आइटिएफका रुबिका र चाउची वर्षकै उत्कृष्ट खेलाडी घोषित

Rubina ra chauchi

काठमाडौं । नेपाल आर्मीका रुबिना खड्का र चाउची डंगोलले आईटिएफ वर्ष उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् ।

नेपाल इन्टरनेश्नल तेक्वान्दो(आईटिएफ)को २१ औं स्थापना दिवसका अवसरमा आयोजित वर्ष खेलाडी अवार्ड कार्यक्रममा पूर्व उपप्रधान मन्त्री टोपबहादुर रायमाझी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य बद्री अधिकारी, अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिवकुमार कोईराला, नेपाल आईटिएफका अध्यक्ष अन्जन धमलालगायतले उत्कृष्ट खेलाडीलाई सम्मान गरे ।

दुवै सम्मानित खेलाडीले सर्लाहीमा सम्पन्न सिनियर राष्ट्रिय आईटिएफ प्रतियोगिता र १५ औ सिनियर तथा ९ औं राष्ट्रिय आईटिएफ प्रतियोगितामा स्वर्ण जितेका थिए । त्यस्तै हालै नेपालमा सम्पन्न ८ राष्ट्रको सहभागिता रहेको साउथ एशियन तथा आमन्त्रीत अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रुबिनाले ३ स्वर्ण जितेकी थिईन भने चाउचीले २ स्वर्ण जितेका थिए ।

त्यस्तै उत्कृष्ट प्रशिक्षकको उपाधि भक्तपुरका आशिष कार्कीले जिते। साउथ एशियन प्रतियोगितामा नेपाललाई टिम च्याम्पियन बनाउदा उनले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। काभ्रे जिल्ला आईटिएफ संघले उत्कृष्ट जिल्लाको उपाधि हात पार्यो । पुरस्कृत सबैले नगद ५ हजार र सम्मान पत्र प्राप्त गरे ।

नेपाल आईटिएफ संघमा योगदान दिने ब्यत्तित्वहरुलाई पनि संघले सम्मान गरेको छ । नेपाल आईटिएफका संस्थापक अध्यक्ष राजकुमार थापा, नेपाल मार्शल आर्टस् गेम्स कमिटिका अध्यक्ष एवंम् नेपाल आईटिएफका उपाध्यक्ष कल्पदिप राई सम्मानित भएका छन् ।

त्यस्तै दक्षिण एशियाली आईटिएफ महासंघ अनुशासन कमिटिको अध्यक्षमा चयन भएको मा नेपाल आईटिएफकी महासचिव अन्जु राउतलाई पनि संघले सम्मान गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...