बीसीसीआइले नेपालीलाई क्रिकेट खेल्न निम्तो गरे

U19

काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले नेपाली यु १९ क्रिकेट टोलीलाई एकदिवसीय खेल खेल्न निमन्त्रणा गरेको छ ।

प्रतियोगितामा सहभागिता जनाउन बीसीसीआईले नेपाललाई आग्रह गरेको यु - १९ टोलीका प्रशिक्षक बिनोद दासले जानकारी दिए । यु – १९ का केही खेलाडी अहिले एसिया कपको तयारीका लागि राष्ट्रिय टिमबाट तयारी गरिरहेका छन् ।

नेपाली टोलीको सहभागिताबारे छिट्टै टुंगो लाग्ने प्रशिक्षक दासले जानकारी दिए ।

भारतीय शहर कोलकातामा सेप्टेम्बर ९ देखि २० सम्म संचालन हुने प्रतियोगितामा भारत र अफगानिस्तानको यु – १९ टोलीसँगै भारतकै नेशनल क्रिकेट एकेडेमी (एनसीए) को सहभागिता रहने छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...