नेपालले नेदरल्याण्डविरुद्ध २०० रन कटायो

Parash khadka

काठमाडौं । एकदिवसिय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले नेदरल्याण्डविरुद्ध २०० रन कटाएको छ । पहिलो एकदविसियमा १३५ रनमै अलआउट भएको नेपालले ४५ ओभरमा २०४ रन बनाएको छ ।

जारी खेलमा नेपालका फास्ट बलर सोमपाल कामी र कप्तान पारस खड्काले अर्धसतक हानेका छन् । आम्स्टलभिनस्थिन भिआरए ग्राउण्डमा जारी खेलमा सोमपालले ४३.४ ओभरमा छक्का प्रहार गर्दे अर्धसतक पुरा गरे । उनी ६१ रनमा रिप्पनको बलमा नवौँ विकेटको रुपमा आउट भए ।

३६.४ ओभरमा सेलरको बलमा नेपालको आरिफ शेख र ३९.१ ओभरका बसन्त रेग्मी १ रनमा आउट भएका हुन् । आरिफ उनले ४६ बलमा १६ रन बनाएर क्याच आउट भएका हुन् । बसन्तलाई मीकरेमले आउट गरे ।
क्रिजमा सन्दीप लामिछानो र सोमपाल कामी रहेको छन् । ४० ओभरको समाप्तीमा नेपालले १६३ रन बनाएको । सोमपालले १९ बलमा २२ रन बनाएका छन् ।

कप्तान पारस खड्का अर्धसतक हान्ने नेपालका दोस्रो खेलाडी बनेका छन् । उनले ३०.१ ओभरका छक्का प्रहार गर्दे अर्धसतक पुरा गरेका थिए । उनले ५५ बलमा अर्धसतक बनाएका हुन् ।

अर्धसतक प्रहार गरेसँग कप्तान खड्का ३०.६ ओभरमा ६९ बलमा ५१ रन बनाउँदै आउट भए । उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए ।

अहिले क्रिजमा सोमपाल कामी र आरिफ शेख रहेका छन् । नेपालले ३३ ओभरको समाप्तीमा १३८ रन बनाएको छ ।

यसअघि रोहित कुमार पौडेल ६ रन र मध्यक्रमका ब्याटस्म्यान दिपेन्द्र सिंह ऐरीलाई १९ (१७) रनमा रिप्पोनले आउट गरे । १९.५ ओभरमा रिप्पोनको बलमा पौडेल दिपेन्द्र १५.५ ओभरमा आउट भए ।

यस्तै ओपरनर ज्ञानेन्द्र मल्ल र तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अनिल शाह एकै ओभरका आउट भएका थिए । ज्ञानेन्द्र १३ (२४) रनमा ७.२ ओभरका र शाह ४(३) अन्तिम बलमा नेदरल्याण्डका क्लासेनले आउट गरेका थिए ।


१३ ओभरको पहिलो बलमा ओपनिङ ब्याटसम्यान सुवास खकुरेल पनि आउट भएको छ । उनी १९(३३) रन बनाउँदै आउट भए । उनी पनि क्लासेनकै बलमा आउट भए । नेदरल्याण्डका लागि क्लासेनले तीन विकेट लिएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...