नेपाली टोलीका जापानी प्रशिक्षकलाई नेपाल प्रवेशमै रोक !

Koji coach

काठमाडौं । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतुकी कोजीलाई नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध लगाएको छ । ‘ओभर स्टे’ को आरोपमा गृह मन्त्रालयले कोजीलाई निष्काशन पनि गरेको छ ।

कोजी श्रम स्विकृती बिनै फुटबल टोलीको प्रशिक्षकका रुपमा काम गरिरहेका थिए । एन्फाले कोजीको भीसा व्यवस्थापन गर्न नसक्नुमा गम्भीर कमजोरी देखिएको छ। कोजीले २०१८ का लागि गत जनवरी १७ मा पर्यटक भीसा लिएका थिए ।

अध्यागमन विभागले जापानी नागरिक कोजीको भीसाको म्याद गुज्रिसकेपछि पनि नेपाल बसेको पाएपछि बुधबार उनलाई सन् २०१८ भरी नेपाल प्रवेशमा प्रतिबन्ध लगाई जापान फिर्ता पठाउने निर्णय गरेको हो । कोजी शुक्रबार जापान फिर्ता हुँदैछन् ।

सन् २०१६ को मार्चदेखि नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षकको जिम्मेवारी सम्हालेका कोजीको भीषा ब्यवस्थानका एन्फाले चासो नदिँदा यो अवस्था आएको हो ।

कुनै पनि विदेशी नागरिकले १ सय ५० दिन मात्र पर्यटक भीसामा नेपाल बस्न पाउँछन् ।

कोजी दुई वर्षअघि पर्यटक भीसामा नेपाल आएका थिए । अध्यागमन नियमावली २०५१ मा पर्यटकलाई एक भीसा वर्षमा बढीमा पाँच महिनाका लागि मात्र भीसा दिइने उल्लेख छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कोजी एएफसीको प्रोडिप्लोमा लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । उनी सन् २००८ देखी २००९ सम्म भुटानको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक भएका थिए ।

जापानी राष्ट्रिय टोलीका पूर्व खेलाडी कोजीले सन् १९८७ देखी १९८९ सम्म जर्मन क्लबबाट फुटबल खेलेका थिए । कोजीले प्रशिक्षण सम्हालेको दुईवर्षमा नेपाली राष्ट्रिय फुटबल टोलीले खासै उपलब्धी हात पार्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...