पारस चम्किए पनि नेदरल्याण्ड्ससँग नेपाल ५५ रनले पराजित

One day kriket

काठमाडौं । नेदरल्याण्डको घरेलु मैदान भिआरए मैदानमा भएको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपाल आयोजक नेदरल्याण्डसँग ५५ रनले रनले पराजित भएको छ ।

नेदरल्याण्ड्ससँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल ५५ रनले पराजित भएको छ । १९० रनको लक्ष्य पछ्याएको नेपाल १३४ रनमा समेटिएको छ ।

नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेल्दै उत्कृष्ट सुरुवात गराएका थिए । तर २१ रनको व्यक्तिगत स्कोरमा अनिल साह आउट भएपछि नेपालको पारी धरमराउन शुरु भएको थियो । दीपेन्द्र सिंह ऐरीले पारी सम्हाल्न खोजे पनि उनी ३३ रनमा पेभेलियन फर्किएका थिए ।

त्यसैगरी कप्तान पारस खड्काले बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङ भने उनको चल्न सकेन । उनी १२ रनमा आउट भए । शक्ति गौचन ४ रन जोड्दै नट आउट रहे ।

चार जना ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । आरिफ शेख, सोमपाल कामी र बसन्त रेग्मी, करन केसी खाता नै नखोली आउट भएका हुन् ।

जीतका लागि १९० रनको सामान्य लक्ष्य पच्छ्याउने क्रममा नेपालले ४१।५ मा सबै विकेट गुमाउँदै १३४ मा समेटियो । ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले पहिलो विकेटका लागि ५८ रनको महत्वपूर्ण साझदोरी गरेपनि त्यसपछिका ब्याट्सम्यान क्रिजमा टिक्न नसक्दा नेपालले हार बेहोर्नुपरेको हो ।

नेपालका लागि कप्तान पारस खड्काले १२, अनिलकुमार साहले २१, दीपेन्द्रसिंह ऐरीले ३३, शक्ति गौचनले नौ र शरद भेषवाकरले चार रन बनाएका थिए ।

आरिफ शेख, करण केसी, सोमपाल कामी र वसन्त रेग्मी शून्यमै आउट भएका थिए भने सन्दिप लामिछानेले एक रन जोडेका थिए ।

नेपाललाई १३४ रनमा समेट्ने क्रममा नेदरल्याण्डसँगका एफ जे क्लासेनले तीन, एमजेजी रिप्पोनले तीन, पिएम सिलारले तीन र बिएफडब्लु डि लिडेले एक विकेट लिएका थिए ।

सन् २०१४ पछि पहिलोपटक एकदिवसीय खेल खेलेको नेदरल्याण्डका लागि मिचेल रिप्पोनले ५१, माइरुगले २९ र लिडीले ३० रनको योगदान दिएका थिए ।

नेदरल्याण्डलाई १८९ रनमा समेट्ने क्रममा नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । उनले १० ओभर बलिङ गर्दै चार विकेट लिँदा २६ रन मात्र दिएका थिए । त्यस्तै सोमपाल कामीले तीन, सन्दीप लामिछाने, करण केसी र वसन्त रेग्मीले समान एक/एक विकेट लिए ।

नेपालका बलर सोमपाल कामी अन्तर्राष्ट्रिय एकदिवसीयमा क्रिकेट प्रतियोगितामा पहिलो विकेट लिने नेपाली खेलाडी बनेका छन् । सोमपालले तेस्रो ओभरको तेस्रो बलमा नेदरल्याण्डका ओपनर ब्याट्सम्यान ड्यानियल टेर ब्राकलाई बोल्ड आउट गर्दै अन्तर्राष्ट्रिय एक दिवसीयमा क्रिकेटमा पहिलो विकेट लिने नेपाली खेलाडी बने ।

प्रतिकृया दिनुहोस