क्रोएसियाले रच्यो पहिलो इतिहास, फाइनलमा फ्रान्ससँग भिड्ने

Eng v cro

काठमाडौं । रुसमा जारी २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि सन् १९९८ को च्याम्पियन फ्रान्स र पहिलो पटक फाइनल पुगेको क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ ।

क्रोएसियाले विश्वकप फुटबल ऐतिहासिक सफलता हात पारेको छ । २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान पक्का गर्दै क्रोएसियाले इतिहास रचेको हो ।

बुधबार भएको दोस्रो सेमिफाइनलमा क्रोएसियाले इंग्ल्यान्डलाई २–१ गोलले पराजित गरेर विश्वकपमा पहिलोपटक फाइनलमा स्थान बनाएको हो । अब उपाधिका लागि क्रोएसियाले आइतबार फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

विश्वकपको फाइनलमा पहिलो पटक पुगेर इतिहास बनाएको क्रोएसियालाई नयाँ च्याम्पियन बन्ने सुनौलो अवसर आएको छ ।

क्रोएसिया पहिलो पटक फाइनलम्म पगेको टीम हो । क्रोएसिया यसअघि १९९८ को विश्वकपको सेमिफाइनलमा पुगेको थियो । तर फ्रान्ससँग पराजित हुँदा फाइनल पुग्ने अवसर गुमाएको थियो ।

फ्रान्सले भने बेल्जियममाथि १–० को जित निकालेर फाइनलमा स्थान पक्का गरेको थियो । फ्रान्स तेस्रो पटक फाइनलमा पुगेको हो । फ्रान्सले १९९८ मा उपाधि जित्दा २००६ मा पनि फाइनलमा स्थान पक्का गरेको थियो ।

अब उपाधिका लागि आगामी आइतबार राति पौने ९ बजे फ्रान्स र क्रोएसियाबीच भिडन्त हुनेछ । शनिबार सेमिफाइनलमा पराजित भएका बेल्जियम र इंग्ल्यान्डबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

 

प्रतिकृया दिनुहोस