प्रथम मनमोहन स्मृति कराते प्रतियोगिता हुने

Karate

काठमाडौँ । नेपाल सितोरियो कराते डो संघ, घण्टाघर डोजो शाखाको आयोजनामा प्रथम मनमोहन स्मृति उपत्यकाव्यापी कराते प्रतियोगिता यही असार ३० गते हुने भएको छ ।

पुतलीसडकस्थित स्नो एपेक्स स्कूलमा हुने १ दिवसीय प्रतियोगितामा देशभरबाट करीब ३०० खेलाडीको सहभागिता हुने जनाइएको छ ।

विभिन्न २१ प्रतियोगितामा प्रतिस्पर्धा गरिने आयोजक डोजोका प्रमुख प्रशिक्षक एवं प्रतियोगिता संयोजक हरिबहादुर राउतले जानकारी दिए ।

उक्त प्रतियोगिताअन्तर्गत पुरुषका लागि ११ र महिलाका लागि १० वटा प्रतियोगितात्मक खेल समावेश गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...