गुफामा फसेका १३ जनाकै सकुसल उद्धार

Gufa 26

काठमाडौं । उत्तरी थाईल्यान्डको बाढीग्रस्त गुफामा दुई हप्तादेखि फसेको सबै बालबालिकालाई उद्धार अभियानले सकुशल बाहिर ल्याइएको छ ।

थाई उद्दार टिमले १२ बालक र उनीहरुको प्रशिक्षककको उद्दार सफल भएकोमा खुशी व्यक्त गर्दै फेसबुकमा स्टाटस लेखेको छ । मंगलबारसम्म सबै १२ बालक र उनीहरुको फुटबल प्रशिक्षकको उद्दार भएको थाई अधिकारीहरुले जानकारी दिएका छन् ।

आइतवार र सोमवार प्रत्येक दिन चार/चार जना गरेर गुफाको प्रवेशद्वारबाट चार किलोमिटिर भित्र फसेको टोलीका आठ बालकको सकुशल उद्धार गरिएको थियो ।

एघारदेखि १६ वर्ष उमेरका १२ बालक र तिनका प्रशिक्षक गुफामा बाढी छिरेपछि ९ दिन सम्पर्कविहीन भएका थिए । पछि उनीहरूलाई जलमग्न अँध्यारो गुफाको एउटा ढिस्कोमा जीवितै भेटिएको थियो ।

गुफामा फसेका उनीहरुलाई उद्दार गर्न तीन दिनअघि उद्दार कार्य सुरु भएको थियो । गत जुन २३ मा थाइल्याण्डको उत्तरी राज्य चियाङ राईमा ११ देखि १६ वर्षसम्मका बालक र उनीहरुका २५ वर्षका प्रशिक्षक फुटबल प्रशिक्षणका क्रममा गुफामा गएका थिए ।

९ दिन अगाडि बेलायती गोताखोरले उनीहरु १३ जना गुफाको अँध्यारो र हिलैहिलो भएको एक कुनामा भोकाएको अवस्थामा भेटेको थियो ।

मनसुन सुरु भइसकेको र थप वर्षा हुँदा गुफा अझ जलमग्न हुने र सो समूह जोखिममा पर्ने विचार गरेर बालकहरूलाई आइतवारदेखि बाहिर निकाल्न थालिएको थियो । तेस्रो दिनको अभियान स्थानीय समयानुसार बिहान ९ बजे सुरु भयो । आवश्यक उपकरण र अक्सिजनका ट्यांकी लिएर १९ गोताखोरहरू गुफामा प्रवेश गरेका थिए ।

बाहिर वर्षा भइरहेको भए पनि गुफाभित्र पानीको सतह आइतवारको जति नै भएको उद्धारकर्मीहरूलाई उद्धृत गर्दै एक अधिकारीले बताए । गुफाबाहिर हेलिकप्टर र एम्बुलेन्सहरू देखिएको थियो। त्यहाँ सञ्चारमाध्यमलाई भने जान दिइएको थिएन ।

सबै सकुसल 
यसअघि उद्धार गरिएका ८ बालकहरू शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको बताइएको छ । उद्धारपछि अस्पतालमा भर्ना गरिएका बालकहरूको एक्स(रे एवम् रक्तपरीक्षण गरिएको छ ।

उनीहरूलाई चिकित्सकको निगरानीमा अस्पतालमा कम्तीमा पनि एक हप्ता राखिने छ । अस्पताल लगिँदा केही बालकहरू न्यून तापक्रमका कारण समस्याग्रस्त थिए ।

तिनमध्ये एक जनाको मुटुको चाल पनि कम थियो । तर अहिले उनीहरू सबैको स्थितिमा सुधार आइसकेको छ । ‘८ जनाको स्वास्थ्य राम्रो छ । ज्वरो पनि छैन । सबै मानसिक रूपमा पनि ठिक छन्’ स्वास्थ्य मन्त्रालयका सचिव जेसाडा चोकेडाम्रोङ्सुकले एउटा पत्रकार सम्मेलनमा बताए ।

स्वास्थ्य अधिकारीहरूका अनुसार बालकहरूलाई अहिले सजिलै पच्ने खानेकुरा दिइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...