पौने १२ बजे फ्रान्स र बेल्जियम आमने सामने हुँदै, को पुग्ला फाइनलमा ?

Football

काठमाडौं । रुसमा जारी विश्वकपले विश्वका खेलप्रेमीको ध्यान केन्द्रित गरेको छ । यसअर्थमा की रुसमा जारी प्रतियोगितामा खेल पण्डितहरुको अनुमान विपरित नतिजा आइरहेको छ ।

यसपटक सेमिफाइलनमा फ्रान्स, इंग्ल्याण्ड, बेल्जियम र क्रोयसिया पुगे । जुन टीम सेमिफाइलनमा पुग्छन् भनेर सायद कुनै खेल पण्डितहरुले अनुमानसम्म गरेका थिएनन् ।

महाकुम्भअन्तर्गत मंगलबारदेखि सेमिफाइनलको खेल सुरु हुँदैछ । फाइनल प्रवेशको लक्ष्यसहित हुने पहिलो खेलमा मंगलबार नेपाली समयअनुसार राति पौने १२ बजे फ्रान्स र बेल्जियम आमने सामने हुनेछन् ।

सेन्ट पिटर्सवर्ग रंगशालामा हुने खेलको विजेताले फाइनल खेल्ने छ । सन् १९९८ मा विश्वकप उचालिसकेको फ्रान्स दोस्रो पटक उपाधि चुम्ने दाउमा छ । फ्रान्सलाई एम्बापे, ग्रीजम्यानजस्ता खेलाडीप्रति ठूलो भरोसा छ ।

त्यसो त बेल्जियमको खेल पनि निरासाजनक छैन । निक्कै चलाखीपूर्ण खेल खेल्दै आएको बेल्जियम पहिलो पटक उपाधिमाथि कब्जा जमाउने दाउमा । बेल्जियम रोमेलु लुकाकुले निक्कै कोसलतपूर्ण खेल देखाउनेमा ढुक्क छ ।

फ्रान्सले उरुग्वेलाई र बेल्जियमले ५ पटकको विश्व विजेता ब्राजिललाई क्वार्टरफाइनल भन्दा माथिको यात्रामा पूर्णविराम लगाइदिएको थियो ।

बुधबार हुने दोस्रो सेमिफइनल खेलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड र क्रोएसिया भिड्ने छन् । बुधबार राति नेपाली समयअनुसार पौने १२ बजे मस्कोस्थित लुज्निकी रंगशालामा दोस्रो सेमिफाइनल हुनेछ ।

सेमिफाइनलमा पराजित दुई टोलीले तेस्रो स्थानका लागि आगामी शनिबार सेन्ट पिटर्सवर्ग रंगशालामा नेपाली समयअनुसार साँझ पौने ८ बजे प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल भने आगामी आईतबार लुज्निकी रंगशालामा हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...