गुफामा थुनिएका किशोरको दुईसातापछि उद्धार

Thailand cave rescue

काठमाडौ‌ । थाइल्यान्डको उत्तरी इलाकामा करिब दुई सातादेखि थुनिएर रहेका १२ किशोर र एक प्रशिक्षकमध्ये ६ जना बालकलाई आइतबार उद्धार गरिएको छ ।

लामो समयसम्म गुफामा फसेका किशोरहरूलाई नजिकैको शिविरमा लगिएको छ । किशोरहरूको स्वास्थ्य अवस्था परीक्षण गरिएको उद्धारमा संलग्न समूहका एक सदस्यले जानकारी दिए ।

थाइल्यान्डको एउटा गुफामा थुनिएका १२ जना बालक र उनीहरूका प्रशिक्षकसहित १३ जनाको उद्धारकार्य आइतबार बिहानैबाट सुरु भएको थियो । स्थानीय समयअनुसार बिहान १० बजे उद्धार कार्य सुरु भएको अधिकारीहरूले बताएका छन् । उनीहरू सबैलाई उपचारका लागि अस्पतालमा राखिएको छ ।

उद्धार गरिएका किशोरहरूको नाम भने सार्वजनिक गरिएको छैन । उनीहरूको नाम तत्काल सार्वजनिक गर्दा बाँकी अभिभावकमा चिन्ता बढ्न सक्ने भएकाले यसो गर्नुपरेको अधिकारीले स्पष्ट पारेका छन् । सबैको उद्धार भएपछि मात्र सबैको नाम सार्वजनिक गरिने थाई रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

उद्धारका लागि १३ जना अन्तर्राष्ट्रिय गोताखोर, उद्धार क्षेत्रमा कार्यरत विज्ञलाई परिचालन गरिएको नारोङसाक ओसोटानाकोमका गभर्नर चिआङ रायले जानकारी दिएका छन् । उद्धार टोलीमा पाँचजना सेनाको विशेष टोली पनि सहभागी गराइएको उनले बताए ।

उनीहरूलाई बाहिर निकाल्न करिब १ सय स्थानमा प्वाल पारेर गुफाभित्रको ग्याँस बाहिर फाल्ने र अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको छ । गुफा बाहिरबाट पारिएका ती प्वाल करिब ३ सय मीटर लामो रहेको उद्धारकार्यमा संलग्न एक सदस्यले बताए । गुफामा फसेका बालकहरू ११ देखि १६ वर्ष सम्मका छन् । उनीहरूका प्रशिक्षक २५ वर्षका छन् ।

फसेका १२ बालक र उनीहरूका एकजना फुटबल प्रशिक्षकलाई एक–एक गरेर बाहिर निकालिएको हो। ठूलो संख्याका उद्धारकर्मी तथा सेनाले दुई दिन लगाएर विशेष प्रविधि प्रयोग गरी चिम्नी निर्माण गरिएको हो ।

ती प्वालबाट अक्सिजन भित्र पठाउन सकिने र त्यसैबाट गुफाभित्रको ग्याँस पनि बाहिर आउने भएकाले उद्धारकर्ता सजिलै गुफाभित्र जान सम्भव भएको छ । यो विधि अपनाउँदा भित्र छिर्न पनि सजिलो पर्ने र गोताखोरले सामान्य सावधानीका साथ भित्र गएर उनीहरूको उद्धार गरिरहेको जानकारी दिएका छन् ।

अधिकारीहरूले १३ जनालाई नै बाहिर निकाल्न दुईदेखि तीन दिनसम्म लाग्ने बताएका छन् । उनीहरू उद्धारका क्रममा आइपर्न सक्ने चुनौती सामना गर्न चिकित्सका टोली तैनाथ गरिएको छ । उनीहरू गत जुन २३ देखि गुफामा फसेका हुन् । नवौं दिनमा मात्रै उनीहरू भेटिएका थिए । उनीहरूको खोजी तथा उद्धारका लागि एक हजारजना उद्धारकर्ता परिचालन गरिएको छ ।

प्रतिकृया दिनुहोस