साउदी अरबमा महिलाले पाए गाडी चलाउने अधिकारी, पुरुषहरुले लगाइदिए आगो

Saudi car

काठमाडौं । साउदी अरबको मक्का प्रान्तमा केही मानिसहरुले एक महिलाको कारमा आगो लगाइदिएका छन् ।

महिलालाई ड्राइभिङको अधिकार दिनु ‘भगवानको इच्छा विरुद्धको कदम’ भन्दै ती पुरुषहरुले महिलाको कारमा आगो लगाएको बताइन्छ । यसअघि उनीहरुले पीडित महिलालाई कार चलाउन रोकेका थिए र नमाने हत्या गरिदिने धम्की पनि दिएका थिए । साउदीमा गत जून २४ मा ऐतिहासिक निर्णय अनुसार महिलालाई ड्राइभिङको अधिकार दिइएको थियो ।

मक्कामा बस्ने सलमा–अल–शारीले स्थानीय समाचार पत्र ओक्जोलाई गत महिना प्रतिबन्ध हटेपछि उनले कार चलाउन सुरु गरेको जानकारी दिइन् । उनका अनुसार आफूले कार चलाउन पाएपछि उनी आफ्ना वृद्ध आमाबुवालाई घुमाउन लैजाने, कतै पुराइदिने र लिन जाने गर्न थालिन् ।

उप–राज्यपालले सलमालाई दिए दोस्रो कारः

सुत्रका अनुसार मक्काका उप–राज्यपालले अनुसन्धान पूरा नहुञ्जेल दोस्रो गाडी उपलब्ध गराएका छन् । यता पुलिसले महिलालाई ड्राइभिङको अधिकार दिएकोमा धेरै पुरुषहरुले समर्थन गरिरहेको बताएका छन् । यद्यपी, कतिलाई यो परिवर्तन ठिक लागेन । यो मामलामा दुईजनालाइै पक्राउ गरिएको छ । एजेन्सी

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

विकासपछि बिनास : सडक आयो खुसी ल्यायो, मुहान सुक्यो दुःख थप्यो

Pyuthan muha sukyo

प्युठान । गत वर्ष गाउँमा सडक पुग्दा ऐरावती २ कुमाल टाकुराका स्थानीय निक्कै हर्षित बने । गाउँपालिक...