बाहिरियो आयोजक रुस, हेड गोलले चम्कियो इंग्ल्यान्ड, पुग्यो २८ वर्षपछि सेमिफाइनल

Khel krosia

काठमाडौं । इंग्ल्यान्ड सन् १९९० पछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रुसमा जारी विश्वकप २०१८ को क्वाटर फाइनलमा स्वीडेनलाई २–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सेमिफाइनल यात्रा तय गरेको हो ।
इंग्ल्यान्डलाई सेमिफाइनलमा पुर्याउन ह्यारी म्यागुइरे र डेले अल्लीले गोल गरेका थिए। दुबै गोल हेडमार्फत गरिएका थिए ।

डेलेले खेलको ५९औँ मिनेटमा गोल गरे भने पहिलो गोल ह्यारीले ३०औँ मिनेटमा गोल गरेका थिए ।

यता, विश्वकप २०१८ बाट क्वाटर फाइनलसम्मको यात्रा गर्दै आयोजक रुस बाहिरिएको छ । क्रोएसियाले रुसलाई पेनाल्टी सुटआउटमा ४–३ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ ।

निर्धारित समयमा एक/एक गोलको बराबरी र अतिरिक्त ३० मिनेटको समयमा दुई दुईको बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउटमार्फत निर्णय लिइएको हो । पेनाल्टी सुटआउटमा क्रोएसियालका लुका मोड्रिक, मार्सेलो ब्रोजोभिक, इभान राकिटिकि र डोमागोज भिडाले गोल गरे ।

क्रोएसियाका माटेओ कोभाकिकको प्रहार भने गोलमा परिणत हुन सकेन। हजारौं घरेलु दर्शकका सामू रुसमा पेनाल्टीमा रसियाका लागि जागोभ, इग्नासेभिच र कुजिएभले गोल गरे । तर रसियाका लागि पहिलो हानेका स्मोलोभको प्रहारलाई क्रोएसियाका गोलकिपर सुवासिकले बिफल पारे । यस्तै फर्नान्डेजका प्रहार बाहिरिएको थियो ।

क्रोएसियाका लागि ब्रोजोभिक, लुका मोड्रिक, भिडा र इभान राकिटिकले पोनाल्टीमा गोल गरे । क्रोएसियाका क्रोभाकिको प्रहार भने रसियाका गोलकिपरले बचाए ।

क्रोएसिया सेमिफाइनल पुगेसँगै रुस विश्वकपको सेमिफाइनमा पुग्ने टिमको टुंगो लागेको छ । रुस विश्वकपको सेमिफाइनल चरणमा पुग्ने सबै राष्ट्र युरोपेली बनेका छन् । जहाँ फ्रान्स र बेल्जियम एवं इंग्ल्यान्ड र क्रोएसिया पुगेका छन् । सेमिफाइनलमा फ्रान्सविरुद्ध बेल्जियम र इंग्ल्यान्डविरुद्ध क्रोएसियाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...