फुटबलको महाकुम्भ : पूर्व विजेताको रोचक भीडन्त, फाइनलको झल्को दिने

Football

काठमाडौं । रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा शुक्रबार हुने दुबै क्वार्टरफाइनलमा विश्व विजेताहरुबीच हुँदैछ ।

उनीहरुको खेलको इतिहास, जारी प्रतियोगितामा उनीहरूको प्रदर्शन र खेलाडीको व्यक्तिगत क्षमताले पनि दुबै खेललाई फाइनलको ‘रिहर्सल’ (पूर्वाभ्यास) भन्न थालिएको छ ।

शुक्रबार हुने क्वार्टरफाइनलले फाइनलकै झल्को दिने पक्का छ । शुक्रबार साँझ पहिलो क्वार्टरफाइनलमा दुई पूर्वविजेता फ्रान्स र उरुग्वे आमनेसामने हुँदैछन् ।

उरुग्वे दुईपटकको र फ्रान्स एक पटकको विश्वविजेता बनेको छ । शुक्रबार राति हुने दोस्रो क्वार्टरफाइनलमा पाँच पटकको विजेता ब्राजिलले पछिल्लो समय उच्च लयमा देखिएको बेल्जियमसँग प्रतिष्पर्धा गर्दैछ ।

उरुग्वे सन् १९३० र सन् १९५० मा विश्वविजेता टोली हो । सन् १९९८ मा विश्वकप फ्रान्सले जितेको थियो । सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा गरी पाँचपटक ब्राजिलले विश्वकप जितेको इतिहास छ ।

सधैं उत्कृष्ट प्रदर्शन गरे पनि उपाधिसम्म पुग्न नसकेको बेल्जियमले यसपटक सफलता चुम्ने हरसम्भव प्रयास गर्नेछ । फिफा वरीयताको तेस्रो स्थानमा अरहेको बेल्जियम यस्तो टोली हो, जो सधैं उच्च लयमा रहन्छ । समूहगत चरणदेखि नै सशक्त प्रदर्शन गरिरहेको बेल्जियमले यस पटक पनि उपाधिमा बलियो दाबेदारी प्रस्तुत गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...