फुटवलको महाकुम्भ : स्वीडेन र इंग्ल्यान्ड पुगे क्वाटर फाइनल

Kolambiya england khel

काठमाडौं । रुसमा जारी विश्वकपको महाकुम्भमा इंग्ल्यान्ड क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

कोलम्बियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै इंग्ल्यान्डले आगामी यात्रा तय गरेको हो । निर्धारित समय बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो । अतिरक्त समयमा पनि १–१ गोल भएपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो । जसमा जसमा इंग्ल्यान्ड ४–३ ले विजयी भयो ।

पेनाल्टी सुटआउटमा इंग्ल्यान्डका गोल किपर जोर्डन पिकफोर्डले कोलम्बियाका खेलाडी कार्लोस बाकाको पेनाल्टी रोकिदिए । जसले खेललाई इंग्ल्यान्डको पक्षमा पार्न सफल बनेको थियो । इंग्ल्यान्डका जोर्डन हेन्डरसनको पेनाल्टी प्रहार कोलम्बियाका गोलरक्षक डेभिड ओस्पिनाले रोकिदिएका थिए ।

इंग्ल्यान्डका कप्तान ह्यारी केन, मार्कस रसफोर्ड, केइरन ट्रिपियर र एरिक डायरले गोल गरे । कोलम्बियाका एक खेलाडीको पेनाल्टी खम्बामा लागेर बाहिरिएको थियो । माटेउस उरिबेको पेनाल्टी प्रहार गोलपोष्टको खम्बामा लागेको थियो । कोलम्बियाका तर्फबाट जुआन कुवादराद्रो र लुइस मुरिएलले मात्रै पेनाल्टीमार्फत गोल गर्न सफल भए ।

अब इंग्ल्यान्डले क्वाटर फाइनलमा स्वीडेनसँग प्रतिस्पर्धा गर्ने भएको छ । स्वीडेन र इंग्ल्यान्डको क्वाटर फाइनल खेल असार २३ गते हुने भएको छ ।

स्वीडेन क्वाटर फाइनलमा

यसैबीच स्वीडेन पनि क्वाटर फाइनलमा प्रवेश गरेको छ । स्वीडेन स्वीजरल्यान्डलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।

स्वीडेनले मंगलबार साँझ भएको खेलमा स्वीजरल्यान्डलाई १–० ले पराजित गर्दै क्वाटर फाइनल यात्रा तय गरेको हो ।

इमिल फोर्सबर्गले खेलको ६६ औँ मिनेटमा गरेको गोल नै स्वीडेनलाई क्वाटर फाइनल प्रवेश गराएको थियो । स्वीडेनले भने एक गोल गरेपछि रक्षात्मक खेलेको थियो ।

दुवै देशले गोलका लागि केही राम्रा अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न नसक्दा फोर्सबर्गको गोल नै खेलको निर्णायक गोल भयो । स्वीडेन २४ वर्षपछि विश्वकपको क्वाटर फाइनलमा पुगेको हो । पछिल्लो पटक स्वीडेन सन् १९९४ मा क्वाटर फाइनलसम्म पुगेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...