मलेसियाका पूर्व प्रधानमन्त्री नजिब पक्राउ, ७० लाख अमेरिकन डलर हिनामिनाको आरोप

Malesia purba prma najib

मलेसियाका पूर्व प्रधानमन्त्री दातुक सेरी नजिब तुक रजाक पक्राउ परेका छन् । भ्रष्टाचारसम्बन्धि मुद्दामा उनी मंगलार दिउँसो पक्राउ परेका हुन् ।

मलेसिया एन्टि–करप्सन कमिसन (एमएसिसी)ले उनलाई निवासबाटै पक्राउ गरेको हो । उनीविरुद्ध बुधबार अभियोजन हुने एमएसिसीले जनाएको छ ।

मलेसियामा नयाँ सरकार बनेपछि यसअघिको भ्रष्टाचारको छानबिन भइरहेको छ ।

सरकारले चलाएको वान मलेसियन डेभलपमेन्ट बेरहाद (वानएमडीबी) नामक कम्पनीबाट करिब ७० लाख अमेरिकन डलर हिनामिनाको आरोपमा उनीमाथि छानबिन सुरु भएको हो ।

सो प्रकरणको छानबिनको क्रममा नजाक आबद्ध कार्यालयहरुमा छापा हानी मलेसियन प्रहरीले केही महत्वपूर्ण धनमालहरु बरामद गरेको थियो । मलेसियन सरकारले नजाकमाथि अनुसन्धानकै लागि उनलाई विदेश जान रोकिएको थियो ।

प्रतिकृया दिनुहोस